default_image

5 years ago

July 14, 2020

रियलबाट गोल गर्ने मेन्डी २१औं खेलाडी

172 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लेफ्टब्याक फरल्यान्ड मेन्डी यो सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट गोल गर्ने २१औं खेलाडी बनेका छन् । ला लिगा अन्तर्गत ग्रानडाविरुद्ध २–१ को जित निकालेको खेलमा गोल गरेपछि मेन्डी यो सिजन रियलबाट गोल गर्ने २१औं खेलाडी बनेका हुन् ।

गत समरमा रियलमा अनुबन्धित भएका लेफ्टब्याक २५ वर्षीय मेन्डीले यो सिजन रियलबाट २३ खेल खेल्दै १ गोल गर्न सफल भएका हुन् । सन् २०१८ मा रियलका सदाबहार तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि रियल गोलका लागि एक खेलाडीमा मात्र निर्भर रहेको छैन ।

यो सिजन रियलबाट करिम बेन्जेमा, सर्जियो रामोस, ग्यारेथ बेल, इडेन हाजार्ड, क्यासमिरो, टोनी क्रुस, लुका मोड्रिच, मार्सेलो, ड्यानी कार्भाजल, इस्को, फेडरिको भाल्भेर्डे, राफयल भरान, भिनिसियस जुनियर, रोड्रिगो, मार्काे एसेन्सियो, लुकास भास्क्वेज, नाचो फर्नान्डेज, मारियानो डियाज, लुका जोभिक, हामेस रोड्रिग्वेज र फरल्यान्ड मेन्डीले गोल गरेका हुन् ।

यस्तै रियलको इतिहासमा हालसम्म ४०८ फरक खेलाडीले गोल गरेका छन् । रियलबाट यो सिजन करिम बेन्जेमाले सबैभन्दा धेरै १९ गोल गरेका छन् । यस्तै कप्तान तथा डिफेन्डर सर्जियो रामोसले १० गोल गर्दा मिडफिल्डर क्यासमिरो र टोनी क्रुसले समान चार गोल गरेका छन् ।

भिनिसियस जुनियर, लुका मोड्रिच र राफयल भरानले समान दुई गोल गर्दा मार्काे एसेन्सियो, लुका जोभिक, रोड्रिगो, भाल्भेर्डे र लुकास भास्क्वेजले समान दुई गोल गरेका छन् । हाजार्डसहित अन्य आठ खेलाडीले समान एक गोल गरेका छन् ।

यो सिजन रियलले ला लिगामा ६६ गोल गर्दा २२ गोल बेहोरेको छ । गोलरक्षक थिवाउट कोर्टुवाले १८ क्लिन सिट राखेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.