default_image

5 years ago

July 14, 2020

बेलको अस्वभाविक गतिविधि

238 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका ग्यारेथ बेल पछिल्लो समय मैदानभित्र मैदानबाहिर गर्ने व्यवहारका कारण चर्चामा आउने गरेका छन् । रियलले सोमबार ग्रानडाविरुद्ध खेल्दा प्रशिक्षक जिनेदिन जिदानको पहिलो रोजाईमा नपरेका बेल लगातार दोस्रो खेलमा पूरै समय बेन्चमा बसेर खेल हेर्न बाध्य थिए ।

यसअघि अलाभेसविरुद्ध खेलमा बेन्चमा बस्दा बेलको व्यवहारले सामाजिक संजालमा निकै चर्चा भयो । प्रशिक्षक जिदानले उक्त खेलमा पाँचौ परिवर्तन गरेपछि बेलले मुखमा लगाएको मास्कलाई आँखामा पुर्याएर आफू निदाएको जस्तो गरेका थिए । उक्त व्यवहारका कारण यसैपनि समर्थकमाझ अप्रिय बनेका बेलले थप आलोचना भोग्नुपर्यो ।

सोमबार ग्रानडालाई हराउँदै पनि उनको व्यवहार बच्चाको जस्तो थियो । उनले खेलका दौरान हातलाई क्यामरा जसरी बनाएर खेल हरेका थिए । वेल्सको राष्ट्रिय टोलीका सदस्य रहेका बेलले जुन २४ यता रियलबाट खेलेका छैनन् । उनको यो पछिल्ला गतिविधिले उनको प्रशिक्षकसँग हार्दिकता नरहेको देखिन्छ ।

कोरोनापछि हरेक टोलीले ५ खेलाडी परिवर्तन गर्न पाउने प्रावधान रहेपनि बेलले मौका पाएका छैनन् । प्रशिक्षण टोलीसँग उनको सम्बन्ध राम्रो नरहेको सार्वजनिक रुपमा देख्न सकिन्छ । यद्दपी बेलको अहिलेको सम्झौता यथावत रहँदा उनी सन् २०२२ सम्म रियलमै रहनेछन् ।

ग्रानाडालाई २–१ ले हराएको रियलले दोस्रो स्थानको बार्सिलोनालाई ४ अंकले पछाडि पारेको छ । अर्को खेलमा रियलले जित निकालेको खण्डमा अन्तिम खेल अघि नै रियल ला लिगा च्याम्पियन बन्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.