5 years ago
July 15, 2020
एजेन्सी – ला लिगामा लगातार उच्च प्रदर्शन गरिरहेका रियल म्याड्रिड ग्रानाडालाई हराएको भोली पल्ट मंगलबार अभ्यासमा जुटेको छ । भिल्लारियलविरुद्ध हुने अर्को खेलको तयारीमा रियल जुटेको हो ।

टोलीका अभ्यासमा लुका जोभिच पनि फर्केका छन् । सर्वियन खेलाडी कोभिड १९ संक्रमणका कारण टोलीबाट अलग थिए । उनको तेस्रो टेष्ट नेगेटिभ आएको थियो । त्यसअघिका दुई टेष्ट पनि नेगेटिभ आएको बताइएको छ ।
परिक्षण नतिजापछि मात्र उनी टोलीको अभ्यासमा सामेल हुन पाएका हुन् । केहि अघिबाट अभ्यासमा सामेल भएपनि उनले सोमबारको खेलमा खेलेनन् ।
ग्रानाडालाई २–१ ले हराएको रियलले दोस्रो स्थानको बार्सिलोनालाई ४ अंकले पछाडि पारेको छ । अर्को खेलमा रियलले जित निकालेको खण्डमा अन्तिम खेलअघि नै रियल ला लिगा च्याम्पियन बन्नेछ ।
रियलले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग दोस्रो लेग खेल्न बाँकी छ । पहिलो लेगको खेलमा रियल घरेलु मैदानमा २-१ ले पराजित भएको थियो । रामोसले उक्त खेलमा रातो कार्ड खाएकाले दोस्रो लेगमा खेल्ने छैनन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]