5 years ago
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडीहरुलाई बुधबार सम्मान गरेको छ ।

एफएमटीले पुरुषतर्फ सन् १९७९ देखि १९८३ सम्म तथा महिलातर्फ २०१० सम्म राष्ट्रिय टिमबाट खेलेका २७ पुरुष खेलाडी र २० महिला खेलाडीलाई सम्मानित गरेको हो ।
सम्मानित हुने खेलाडीमा पुरुषतर्फ गणेश थापा, कृष्ण बहादुर थापा, श्रीराम रंजितकार, धिरेन्द्र कुमार प्रधान, भक्तराज कर्णिकार, मान बहादुर मल्ल, विनय श्रेष्ठ, भिक्टर राणा, अजय मानन्धर, लोक बहादुर शाही, गोपाल श्रेष्ठ, किरण राई, बिदुर बिष्ट र राम दर्शन गुरुङ, नरेन्द्र श्रेष्ठ, मोहन शाही, दिपकहर्ष बज्राचार्य, पुनम थापा, जीवन श्रेष्ठ, रजतमान तुलाधर, वरुण मानन्धर, कृष्ण आले, डम्बर सिंह गुरुङ, दिनेश थापा, राजुकाजी शाक्य, यम बहादुर घले, सुरेश बस्नेत र राजेश मानन्धर रहेका छन् ।

महिलातर्फ जमुना गुरुङ, चन्दा भण्डारी, प्रमिला राई, भगवती थापा, अनु लामा, अस्मिता खवास, सपना लामा, नमिता दाहाल, उषा भण्डारी, लक्ष्मी पौडेल, मनमाया मगर, दिपा अधिकारी, निरु थापा, सजना राना मगर, मिरा महर्जन, विनिता श्रेष्ठ, दिपा क्षेत्री, रन्जना दर्जी, निशा देवान र तुलाषा सिंह रहेकी छिन् ।
सम्मानित हुने खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए । यस्तै कार्यक्रममा राखेपका पूर्व सदस्य सचिव स्वर्गीय राज बहादुर सिंह र शम्भु बास्तोलालाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]