5 years ago
July 16, 2020
एजेन्सी – दुई गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा युभेन्टस इटालियन सिरी ‘ए’ मा सस्सुलोसँगको हारबाट जोगिएको छ ।एलेक्स सान्द्रोले गोल गरेपछि युुभेन्टस सस्सुलोसँग ३–३ गोलको बराबरी बराबरी खेल्दै हारबाट जोगिएको हो ।

सस्सुलोविरुद्ध गोल गर्न नसक्दा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो लगातार सातौ खेलमा गोल गर्न असफल रहे । यसअघि रोनाल्डोले लगातार ६ खेलमा गोल गरेका थिए । सस्सुलोको मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसका लागि डानिलो, गोन्जालो हिगुआइन र एलेक्स सान्द्रोले गोल गरे । घरेलु टोलीका फिलिप, डोमिनिको बेरारडी र फ्रान्सिस्को कापुटोले गोल गरे ।
रोमाञ्चक बनेको खेलको छैटौ मिनेटमा नै मिरालेम प्यानिचको पासमा डानिलोको गोलबाट युभेन्टसले शुरुवाती अग्रता बनाएको थियो । १२औं मिनेटमा प्यानिचकै पासमा हिगुआइनले गोल गरेपछि युभेन्टसले खेलमा २–० को अग्रता लिन सफल भयो ।

२९औं मिनेटमा घरेलु टोलीका फिलिप डिजुरिसिसले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ५१औं मिनेटमा डोमेनिकोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि नै फ्रान्सिस्कोले गोल गरेपछि युभेन्टस खेलमा पछि परेको थियो । ६४औं मिनेटमा युभेन्टसका एलेक्स सान्द्रोले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
बराबरीसँगै युभेन्टसले शीर्षस्थानमा एटलान्टालाई ७ अंकले पछि पारेको छ । युभेन्टसको ७७ तथा एटलान्टाको ७० अंक छ । सस्सुलो ४७ अंक जोडेर सातौ स्थानमा रहेको छ ।
अन्य नतिजा
बोलोग्नाविरुद्ध नेपोली (१–१)
एसी मिलाविरुद्ध पार्मा (३–१)
साम्पडोरियाविरुद्ध काग्लिएरी (३–०)
लेच्चेविरुद्ध फियोरेन्टिना (१–३)
रोमाविरुद्ध हेलास भेरोना (२–१)
उडिनेसीविरुद्ध लाजियो (०–०)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]