5 years ago
July 16, 2020
एजेन्सी – लन्डन क्लब आर्सनलले यो सिजनको लिग च्याम्पियन बनिसकेको लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदानमा आर्सनलले लिभरपुलमाथि २–१ को पूनरागमन जित हात पारेको हो ।

इमिरेट्स स्टेडियममा आर्सनलको जितमा एलेक्सान्द्रे लाकाजेट्टी र रिइस नेल्सनले गोल गरे । लिभरपुलका साडियो मानले गरेको गोल सान्तवना बन्यो । सबै तीन गोल पहिलो हाफमा सम्भव बन्यो । खेलको २०औं मिनेटमा एन्ड्रिउ रोवर्टसनको पासमा साडियो मानेले गोल गर्दै लिभरपुलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३२औं मिनेटमा लाकाजेट्टीले बराबरी गोल फर्काए । लिभरपुलका रक्षक भर्जिल भान डाइकको ब्याक पासलाई लाकाजेट्टीले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । ४४औं मिनेटमा लाकाजेट्टीको पासमा नेल्सनले गोल गरेपछि आर्सनलले खेलमा २–१ को अग्रता बनायो ।
दोस्रो हाफमा घरेलु टोलीलाई लगातार दवावमा राखेपनि लिभरपुलले आर्सनलको बलियो रक्षापङ्ति तोड्न नसक्दा लिगमा तेस्रो हार बेहोर्न बाध्य बन्यो । आर्सनलले भने अग्रता जोगाउदै महत्वपुर्ण तीन अक लिन सफल भयो ।

जितसँगै आर्सनल ३६ खेलबाट ५३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । आर्सनलसँगको हारपछि लिभरपुलको कीर्तिमानी १०० अंक पु¥याउने लक्ष्यमा धक्का लागेको छ । अब बाँकी रहेको दुई खेलमा जित हात पारेपनि लिभरपुलको १०० अंक पुग्ने छैन । लिभरपुलको ३६ खेलबाट ९३ अंक छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]