5 years ago
July 16, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एफसी बर्नमाउथमाथि २–१ को जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको जितमा डेभिड सिल्भा र ग्याब्रियल जेससले गोल गरे । बर्नमाउथका डेभिड ब्रुक्सले सान्त्वना गोल फर्काए ।

खेलको छैटौं मिनेटमा नै कप्तान सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा सिल्भाकै पासमा जेससल गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए । खेल सकिन दुई मिनेट बाँकी रहँदा ब्रुक्सले गोल गर्दै गोल अन्तर २–१ मा झारेपनि खेलमा फर्कन निकै ढिला भइसकेको थियो ।
जितसँगै दोस्रो स्थानमा रहेको सिटीको ३६ खेलबाट ७५ अंक पुगेको छ । बर्नमाउथ ३१ अंक जोडेर १८औं स्थानमा यथावत छ ।
अर्काे खेलमा इन्ज्युरी समयमा सम्हालिन नसक्दा वल्भ्स बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । राहुल जिमिनेजको गोलबाट वल्भ्स ७६औं मिनेटमा अघि बढेको थियो । तर, इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा क्रिस वुडले गोल गरेपछि वल्भ्स बर्नलीसँग अंक बाड्न बाध्य बन्यो ।
बराबरीसँगै वल्भ्स ३६ खेलबाट ५६ अंक जोडेर छैटौ स्थानमा यथावत रहँदा बर्नली पनि ५१ अंक जोडेर १०औं स्थानमा यथावत छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]