5 years ago
July 16, 2020
एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले दुई तथा दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनले एक गोल गरेपछि टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि ३–१ को सहज जित हात पारेको छ ।

घरेलु मैदानमा न्युक्यासलका माट रिट्चीले एक गोल फर्काए । सेन्ट जेम्स पार्कमा बुधबार राति भएको खेलमा जियोभानी लो सेल्सोको पासमा सनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
५६औं मिनेटमा माट रिचीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले डिफेन्सले क्लियर गर्न कमजोरी गरेपछि पेनाल्टी क्षेत्रभित्र शक्तिशाली प्रहार गोलमा परिणत गरेका थिए ।
६०औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए । वैकल्पिक खेलाडी स्टिभन बर्गवाइनको क्रसमा केनको हेडरलाई गोलरक्षक मार्टिन डुब्राभ्काले बचाउने अवसर नै पाएनन् ।
समयमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई ३–१ को सहज जित दिलाए । काउन्टर अट्याकमा एरिक लामेलाले गरेको प्रहार डुब्राभ्काले बचाएपनि केनले रिबाउन्डलाई डाइभिङ् हेडरमा गोल गरे ।

जितसँगै टोटेनहमले अर्काे सिजनको युरोपा लिग खेल्ने सम्भावना जीवितै राखेको छ । टोटेनहम ३६ खेलबाट ५५ अंक जोडेर सातौ स्थानमा रहेको छ । न्युक्यासल ४३ अंक जोडेर १३औं स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]