default_image

5 years ago

July 16, 2020

रियललाई आजै च्याम्पियन बन्ने अवसर!

172 views

0 Bookmark

एजेन्सी – लिग तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड बिहीबार लिग च्याम्पियन बन्ने प्रबल सम्भावना छ ।स्पेनिस ला लिगामा आज राति ३७औं चरणको सबै १० खेलमा प्रतिस्पर्धा हुँदा रियलले आफ्नो खेल जितेमा लिग उपाधि जित्नेछ ।

उपाधि, शीर्ष चार र रेलिगेसन जोनमा रहेका टोलीको खेल फरक समयमा हुदा नतिजा प्रभावित हुन सक्ने भएका कारण अन्तिम दुई चरणको खेल एकै समयमा हुने गर्दछ ।  शीर्षस्थानको रियल म्याड्रिड, उपाधि दौडमै रहेको बार्सिलोनादेखि रेलिगेसनमा परिसकेको टोलीले आ–आफ्नो प्रतिद्वन्द्वीको सामना गर्दैछ । रियलले घरेलु मैदानमा भिल्लारियलको आतिथ्यता गर्दैछ । खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समय अनुसार राति १२ः४५ बजे प्रतिस्पर्धा हुदैछ ।

रियल घरेलु मैदानमा भिल्लारियललाई पराजित गर्दै एक खेल अगावै यो सिजनको ला लिगाको उपाधि जित्ने दाउमा हुनेछ । कोरोना पछिको सबै ९ खेलमा शतप्रतिशत जित निकालेको रियल सोही जितको लयलाई निरन्तरता दिदै ३४औं पटक ला लिगाको उपाधि जित्ने योजनामा हुनेछ ।

जितले रियल एक खेल बाँकी छदै ला लिगाको च्याम्पियन बन्नेछ । बराबरी या हारले भने बार्सिलोनाको नतिजा र रियलकै अन्तिम खेलको नतिजा नै कुर्नुपर्ने हुन्छ । सोही दिन नै बार्सिलोना ओसासुनासँग पराजित भएको अवस्थामा पनि रियल च्याम्पियन बन्नेछ । रियल र बार्सिलोना दुवै टोली आज रातिको खेलमा बराबरी या पराजित भएको अवस्थामा पनि रियल च्याम्पियन बन्नेछ ।

भिल्लारियलविरुद्ध उच्च लयमा रहेको करिम बेन्जेमा, कप्तान सर्जियो रामोस, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, भिनिसियस जुनियर, रोड्रिगो, इडेन हाजार्ड, फेडरिको भाल्भेर्डे, मार्काे एसेन्सियो, फरल्यान्ड मेन्डी, ड्यानी कार्भाजल र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रियललाई हुनेछ ।

यता, भिल्लारियल पनि घरेलु टोलीलाई स्तब्ध पार्दै रियलको उपाधि यात्रा लम्ब्याउदै अंक तालिका सुधार गर्ने योजनमा हुनेछ । भिल्लारियल युरोपा लिगको छनोटनजिक रहेको छ ।

भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जो, सान्टी कार्जाेला, जेरार्ड मोरेनो र मोइ गोमेजजस्ता खेलाडीले रियललाई रोक्न सक्नेछ ।
रियल ८३ अंक जोडेर शीर्षस्थानमा रहँदा भिल्लारियल ५७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

अन्य खेल

एइवरविरुद्ध रियल भालाडोलिड (राति १०ः१५ बजे)

एथ्लेटिक क्लब बिल्वाओविरुद्ध लेगानेस (राति १२ः४५ बजे)

बार्सिलोनाविरुद्ध ओसासुना (राति १२ः४५ बजे

सेल्टा भिगोविरुद्ध लेभान्टे (राति १२ः४५ बजे)

गेटाफेविरुद्ध एट्लेटिको म्याड्रिड (राति १२ः४५ बजे)

मालोर्काविरुद्ध ग्रानडा (राति १२ः४५ बजे)

रियल बेटिसविरुद्ध डिपोर्टिभो अलाभेस (राति १२ः४५ बजे)

रियल सोसिडाडविरुद्ध सेभिल्ला (राति १२ः४५ बजे)

भ्यालेन्सियाविरुद्ध एस्पान्योल (राति १२ः४५ बजे)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.