default_image

5 years ago

July 16, 2020

बार्सिलोनालाई ओसासुनाको चुनौती

181 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति ३७औं चरणको सबै १० खेलमा प्रतिस्पर्धा हुँदैछ । एइबार र रियल भालाडोलिडको खेलबाहेक सबै ९ खेल एकै समयमा हुनेछ ।

शीर्षस्थानको रियल म्याड्रिड, उपाधि दौडमै रहेको बार्सिलोनादेखि रेलिगेसनमा परिसकेको टोलीले आ–आफ्नो प्रतिद्वन्द्वीको सामना गर्दैछ । उपाधि दौडमै रहेको बार्सिलोनाले घरेलु मैदानमा ओसासुनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समय अनुसार नोउ क्याम्पमा राति १२ः४५ बजेपछि हुनेछ ।

घरेलु टोली बार्सिलोना ओसासुनालाई पराजित गर्दै उपाधि दौडमै रहन चाहन्छ । आज राति नै एकै समयमा हुने खेलमा रियलले भिल्लारियललाई हराएमा बार्सिलोनाको उपाधि होड सकिनेछ । बार्सिलोना रियलले भिल्लारियलसँग अंक गुमाएको हेर्न चाहन्छ । रियलको बराबरी र या हारले उपाधिको सम्भावना रहने भएका कारण बार्सिलोना ओसासुनाविरुद्ध जसरी पनि ३ अंक लिने दाउमा मैदान उत्रनेछ ।

कप्तान लियोनेल मेस्सी, लुइस सुआरेजले बार्सिलोनाको अग्रपङ्ति सम्हाल्दा अर्काे फरवार्ड एन्टोइन ग्रिजमन चोटका ओसासुनाविरुद्ध टोलीमा हुनेछैन । उनको स्थानमा अन्सु फातीले खेल्न सक्ने सम्भावना छ । इभान राकिटिच, फ्रान्की डि जोङ, रिकार्ड पुच, जेरार्ड पिके, सर्जियो रोवर्टाे, जोर्डी अल्वा र मार्क आन्द्रे टेर स्टेगनको साथ बार्सिलोनालाई रहनेछ ।

अंक तालिकाको मध्यस्थानमा रहेको ओसासुना पनि बार्सिलोनासँग अंक खोस्ने योजनामा मैदान उत्रनेछ । गोलरक्षक सर्जियो हेरेरा, डिफेन्डर डेभिड गार्सिया र फाकुन्डो रोन्कालिया बार्सिलोनाविरुद्ध बाधक बन्न सक्नेछ । कप्तान ओइर, इनिगो पेरेज र इनरिक गालेगोले बार्सिलोनाको रक्षापङ्तिलाई सताउन सक्नेछ । बार्सिलोना ७९ अंक जोडेर दोस्रो स्थानमा तथा ओसासुना ४८ अंक जोडेर ११औं स्थानमा छ ।

अन्य खेल

एइवरविरुद्ध रियल भालाडोलिड (राति १०ः१५ बजे)

एथ्लेटिक क्लब बिल्वाओविरुद्ध लेगानेस (राति १२ः४५ बजे)

सेल्टा भिगोविरुद्ध लेभान्टे (राति १२ः४५ बजे)

गेटाफेविरुद्ध एट्लेटिको म्याड्रिड (राति १२ः४५ बजे)

मालोर्काविरुद्ध ग्रानडा (राति १२ः४५ बजे)

रियल बेटिसविरुद्ध डिपोर्टिभो अलाभेस (राति १२ः४५ बजे)

रियल म्याड्रिडविरुद्ध भिल्लारियल (राति १२ः४५ बजे)

रियल सोसिडाडविरुद्ध सेभिल्ला (राति १२ः४५ बजे)

भ्यालेन्सियाविरुद्ध एस्पान्योल (राति १२ः४५ बजे)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.