5 years ago
July 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) मा ४ दशक भन्दा लामो समय कार्यरतसहित ८ जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन् । लेखा अधिकृत मोतिलाल श्रेष्ठसहित ५८ वर्ष पुरा हुने ८ जनाले साउन १ गते (बिहीबार) बाट लागु हुने गरि अनिवार्य अवकाश पाएको एन्फाले जनाएको छ ।

अवकाश पाएका रेफ्री डेभलपमेन्ट अफिसर श्रीराम रञ्जितकार
जसमा सबै भन्दा पुराना कर्मचारी (कार्यालय सहयोगी) मा शिवप्रसाद तिमल्सिना रहेका छन् । उनले ४१ वर्ष एन्फाका काम गरेका थिए । लेखा अधिकृत श्रेष्ठले झन्डै ३६ वर्ष एन्फामा काम गरेका थिए । तिमल्सिना, श्रेष्ठसँगै अनिवार्य अवकाश पाउनेमा अन्यमा कार्यालय सहयोगी अशोक प्रधान, सचिवालयका अमिर घर्ती क्षेत्री, रेफ्री डेभलेपमेन्ट अफिसर श्रीराम रञ्जितकार, होस्टल इन्चार्ज टक्कर थापा, सहायक कुक शंकरनिधि पाण्डे, च्यासल एकेडेमीका सुपरभाइजर बेखमान बेन्जनकारले अवकाश पाएका हुन् । घर्ती क्षेत्री र रञ्जितकार बाहेक सबै एन्फाका स्थायी कर्मचरी थिए ।
अवकाश पाउने मध्ये पाण्डे भने लामो समयदेखि एन्फाका पूर्व अध्यक्ष गणेश थापाको घरमा काम गरेका थिए । २०७१ मा स्थायी भएका पाण्डे त्यो भन्दा निकै लामो समयदेखि एन्फा कर्मचरीका रुपमा रहेका थिए । एन्फाको पछिल्लो नेतृत्व परिवर्तन (२०७५ वैशाख) सँगै उनी एन्फामा हाजिर हुन थालेका थिए । अनिवार्य अवकाश पाउनेहरुले नेपाल सरकारको नियम अनुसार सुविधा पाउने एन्फाले जनाएको छ । एन्फामा अनिवार्य अवकाश पहिलो पटक लागु गरिएको बताइएको छ ।
८ जनाको अवकाशपछि एन्फाका महासचिव, कोषाध्यक्षसहित सचिवालयमा अब ५८ जना कर्मचारी रहेका छन् । जसमा प्रशासन, होस्टल, सुरक्षा, ड्राइभरलगायत छन् । एन्फाको सदस्य जिल्ला र प्रदेशमा रहेका प्रशिक्षक, कर्मचारी ५८ कर्मचारी भित्र पर्दैनन् । स्थायी रुपमा रहेका कर्मचारीको हकमा एन्फाले स्वेच्छिक अवकाश (गोल्डेन ह्यान्डसेक) को व्यवस्था पनि लागु गरेको छ । स्थायी रहेकालाई गोल्डेन ह्यान्डसेक वा करारमा जाने विकल्प एन्फाले रोज्न दिने भएको छ ।
उमेर हदका कारण अनिवार्य अवकाश पाउनेहरु
नाम (पद – नियुक्ती मिति)
मोतीलाल श्रेष्ठ (लेखा अधिकृत – २०४० श्रावण १ गते)
शिवप्रसाद तिमल्सिना (कार्यालय सहयोगी – २०३६ अषाढ १ गते)
अशोक प्रधान कार्यालय (सहयोगी – २०६७ पौष ३० गते)
टक्कर थापा (होस्टल इन्चार्ज – २०६२ जेष्ठ १ गते)
शंकरनिधि पाण्डे (सहायक कुक – २०७१ मंसिर १ गते)
बेखामान बेन्जनकार (सुपरभाइजर – २०७१ कार्तिक २५ गते)
अमिर घर्ती क्षेत्री (सचिवालय – २०५६ चैत्र १ गते)
श्रीराम रञ्जितकार (रेफ्री डेभलप्मेन्ट अफिसर – २०७२ भाद्र १ गते)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]