default_image

5 years ago

July 17, 2020

रियल म्याड्रिडका युवा स्टार म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

167 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल म्याड्रिडका युवा स्टार अल्भरो फर्नान्डेजलाई क्लबमा अनुबन्ध गरेको छ ।

१७ वर्षीय लेफ्टब्याक फर्नान्डेजलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गरेको स्पेनिस सञ्चार माध्यमले जनाएका छन् । फर्नान्डेजले रियलको आकर्षक प्रस्ताव अस्वीकार गर्दै युनाइटेड जाने निर्णय गरेका हुन् । फर्नान्डेजको सम्झौता ३० जुनमा सकिएपनि रियलले उनको सम्झौता सिजनको अन्त्यसम्म थप गरेको थियो ।

डिपोर्टिभो ला कोरुनामा २०१७ मा फर्नान्डेजलाई अनुबन्ध गर्दा रियलले बार्सिलोनालाई पछि पारेको थियो । फर्नान्डेजले तीन सिजन रियलको युथ टिममा आफ्नो खेल कला निखारेका छन् ।

अल्भरो फर्नान्डेजले युनाइटेडको पहिलो रोजाईमा पर्न लुक सा र युनाइटेडको एकेडेमीका ब्रान्डन विलियम्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतिभावान रहेकाले प्रशिक्षक ओले गनर सोल्सायरले फर्नान्डेजलाई पहिलो टोलीमै मौका दिन सक्नेछन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.