default_image

5 years ago

July 17, 2020

बार्सिलोना १० खेलाडीमा समेटिएको ओसासुनासँग स्तब्ध

130 views

0 Bookmark

एजेन्सी – निकटतम प्रतिद्धन्द्धी रियल म्याड्रिडले भिल्लारियललाई हराएर यो सिजनको स्पेनिस ला लिगाको उपाधि हात पारेको दिन क्याटलान क्लब बार्सिलोना घरेलु मैदान नोउक्याम्पमा १० खेलाडीमा समेटिएको ओसासुनासँग २–१ ले स्तब्ध बनेको छ ।

यो हारसँगै बार्सिलोनाको उपाधि यात्रामा पुर्णविराम लागेको छ । बिहीबार राति नै शीर्षस्थानको रियल म्याड्रिडले भिल्लारियलमाथि २–१ को जित हात पार्दै यो सिजनको ला लिगाको उपाधि जित्न सफल भएको छ ।

बार्सिलोनालाई स्तब्ध बनाउन ओसासुनाका जोसे अर्नाइज र रोबर्टो टोरेसले गोल गरे । घरेलु टोलीका कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो । घरेलु टोलीसँग लगातार दवावमा खेलेपनि ओसासुनाले खेलको १६औं मिनेटमा जोसे अर्नाइजको गोलबाट अग्रता लिन सफल भएको थियो । पेर्भिस एस्तुपिएनको पासलाई बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले ब्याकहिलबाट क्लियर गर्ने प्रयास गरेपनि भेट्न नसकेको बललाई अर्नाइजले वान टचमा गरेको प्रहार गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले रोक्ने कुनै मौका नै पाएन ।

२२औं मिनेटमा लियोनेल मेस्सीको फ्रिकिक क्रसबारमा लागेर बाहिरिदा बार्सिलोना बराबरीबाट चुक्यो । ३२औं मिनेटमा मेस्सीको प्रिकिक पोस्टबाट थोरै बाहिरिदा बार्सिलोना पुनः बराबरीबाट चुक्यो । ३८औं मिनेटमा मेस्सी नै चुक्दा बार्सिलोना चुकचुकाएको थियो । दोस्रो हाफको शुरुमै बार्सिलोनाले गोल गरेपनि मान्यता पाएन । ४७औं मिनेटमा रिकी पुचको पासबाट मेस्सीले मिलाइदिएको पासमा मार्टिन ब्रेथवेटले गोल गरेपनि मेस्सी अफसाइड पोजिसनमा देखिएका थिए ।

दोस्रो हाफमा एकपछि अर्काे आक्रमण बुनेको बार्सिलोनाले ६२औं मिनेटमा मेस्सीको फ्रिकिक गोलबाट खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । राहुल नाभासले लुइस सुआरेजलाई लडाएपछि प्राप्त फ्रिकिकमा यसपटक मेस्सी चुकेनन् । मेस्सीको प्रहारलाई ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले ठम्याएपनि ढिला हुन पुगेको थियो । ६८औं मिनेटमा मेस्सीको पासमा सुआरेजले गोल गरेपनि उनी अफसाइड पोजिसनमा रहँदा गोलले मान्यता पाएन ।

७७औं मिनेटमा पाहुना टोली ओसासुना १० खेलमडीमा समेटियो । क्लेमेन्ट लेङलेटलाई एल्बो प्रहार गरेपछि रेफ्रीले इनरिक गालेगोलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । तर, त्यसको फाइदा बार्सिलोनाले उठाउन सकेन । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा रोबर्टाे टोरेसले इनरिक बार्जाको पासमा गोल गर्दै बार्सिलोनालाई २–१ ले स्तब्ध पारे ।

हारपछि बार्सिलोना ३७ खेलबाट ७९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । ओसासुना ५१ अंक जोडेर ११औं स्थानमा छ ।  अब लिग चरणको अन्तिम चरणको खेलमा रियलले लेगानेस र बार्सिलोनालले अलाभेससँग खेल्नेछन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.