default_image

5 years ago

July 17, 2020

रासफोर्ड र मार्सियालको गोलमा युनाइटेडको जित

161 views

0 Bookmark

एजेन्सी – फरवार्डद्धय मार्कुस रासफोर्ड र एन्थोनी मार्सियालले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–० को सहज जित हात पारेको छ ।

यो जितको शीर्ष चार प्रतिस्पर्धा झनै रोमाञ्चक बनेको छ । दुई चरणको खेल बाँकी रहँदा तेस्रो देखि पाँचौसम्मको टोलीबीच मात्रै एक अंकको फरक छ । शीर्षचारको दौडमा युनाइटेडले चेल्सी र लेस्टर सिटीलाई पछ्याइरहेको छ । चेल्सीको ६३ तथा लेस्टर र युनाइटेडको समान ६२ अंक छ । अब दुई चरणको खेलमा कुनै पनि टोलीले हार भोगेमा शीर्ष चारको सम्भावना सकिनेछ ।

सेलह्रस्ट पार्कमा युनाइटेडले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे । घरेलु टोलीलाई दवावमा राखेपनि युनाइटेडले पहिलो गोलको लागि पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो । इन्ज्युरी समयमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

५५औं मिनेटमा घरेलु टोलीका जोर्डन एयुले गोल गरेपनि भिएआरबाट उनी अफसाइड ठहरिए । ६०औं मिनेटमा डेभिड हे गेयाले उत्कृष्ट बचाउ गर्दै युनाइटेडको बराबरी टारे । ७८औं मिनेटमा रासफोर्डको पासमा मार्सियालले गोल गर्दै युनाइटेडलाई २–० को जितसहित महत्वपुर्ण ३ अंक दिलाए ।

जितपछि पाँचौ स्थानमा यथावत रहेको युनाइटेडको ३६ खेलबाट ६२ अंक पुगेको छ । हारपछि क्रिस्टल प्यालेस ४२ अंक जोडेर १४औं स्थनमा यथावत छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.