5 years ago
July 17, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्षचारको दौडमा रहेको लेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई पराजित गर्दा एभर्टन एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा लेस्टरले सेफिल्डमाथि २–० को सहज जित हात पारेको हो । लेस्टको जितमा एयोजी पेरेज र देमाराई ग्रेले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । खेलको २९औं मिनेटमा एयोजी पेरेजले लुक थोमसमा पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
७९औं मिनेटमा जेमी भार्डीको पासलाई देमाराईले सदुपयोग गर्दै लेस्टरलाई २–० को सहज जित दिलाए । जितसँगै लेस्टर ३६ खेलबाट ६२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । सेफिल्ड ५४ अंक जोडेर आठौं स्थानमा छ ।
यस्तै अर्काे खेलमा एभर्टन एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको छ । एस्टन भिल्लाका इज्री कोन्साले गोल गर्दा एभर्टनका थियो वाल्कटले बराबरी गोल फर्काएका थिए । बराबरीसँगै एभर्टन ४६ अंक जोडेर ११औं स्थानमा यथावत रहँदा एस्टन भिल्ला ३१ अंक जोडेर रेलिगेसनको जोनको १९औं स्थानमा छ ।
अर्काे खेलमा साउथह्याम्पटन र ब्राइटनले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । साउथह्याम्पटन ४६ अंक जोडेर १२औं स्थानमा रहँदा ब्राइटन ३७ अंक जोडेर १५औं स्थानमा यथावत छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]