default_image

5 years ago

July 17, 2020

इन्टर मिलानको सानदार जित

98 views

0 Bookmark

एजेन्सी – रेलिगेसन जोनमा रहेको एस्पालमाथि सानदार जित निकाल्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लन सफल भएको छ । इन्टरले घरेलु टोलीमाथि ४–० को फराकिलो जित हात पारेको हो ।

पाउलो माज्जा फेरारामा बिहीबार राति भएको खेलमा इन्टर मिलानको फराकिलो जितमा एन्टेनियो क्यानड्रेभा, क्रिस्टियानो बिराघी, एलेक्सिस सान्चेज र रोवर्टाे गाग्लियारडिनीले गोल गरे । पहिलो हाफमा १ तथा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो ।

३७औं मिनेटमा एन्टेनियोको गोलबाट इन्टर मिलानले गोलको खाता खोलेको थियो । उनले सान्चेजको पासलाई सदुपयोग गरेका थिए । ५५औं मिनेटमा क्रिस्टियानोले गोल गर्दै इन्टर मिलानको अग्रता दोब्बर पारे ।

त्यसको ५ मिनेटपछि नै सान्चेजले क्रिस्टियानोको पासमा गोल गर्दै इन्टर मिलानलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७३औं मिनेटमा रोवर्टाेले गोल गर्दै इन्टर मिलानलाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै इन्टर दोस्रो स्थानमा उक्लन सफल भएको छ । इन्टरको ३३ खेलबाट ७१ अंक पुगेको छ । इन्टरले इटलान्टालाई एक अंकले पछि पारेको हो । यस्तै इन्टरले शीर्षस्थानको युभेन्टससँगको अंकदुरी ६ मा छोट्याएको छ । युभेन्टसको ७७ अंक छ । पराजित एस्पाल १९ अंक जोडेर पुछारमा छ ।

यस्तै अर्काे खेलमा टोरिनोले जिनोआमाथि ३–० को सहज जित हात पारेको छ । टोरिनोको जितमा ग्लेइसन ब्लेमेर, सासा लुकिक र एन्ड्रिय बेलोटोली गोल गरे । जितसँगै टोरिनो ३३ खेलबाट ३७ अंक जोडेर १५औं स्थानमा उक्लदा जिनोआ ३० अंक जोडेर १७औं स्थानमा यथावत छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.