default_image

5 years ago

July 17, 2020

ग्रानडाले हराएपछि मालोर्का रेलिगेसनमा

123 views

0 Bookmark

एजेन्सी – रियल मालोर्का स्पेनिस ला लिगाबाट रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको छ । ग्रानडासँगको २–१ को हारसँगै मालोर्काे दोस्रो डिभिजनमा घटुवा हुने दोस्रो टोली बनेको हो । 


यसअघि एस्पान्योल दोस्रो डिभिजनमा घटुवा भएको थियो । घरेलु मैदानमा खेलमा लिएको अग्रता जोगाउन नसक्दा मालोर्का एक खेल बाँकी छदै दोस्रो डिभिजनमा घटुवा भएको हो । मालोर्का ३७ खेलबाट ३२ अंक जोडेर १९औं स्थानमा रह्यो ।

अन्तिम खेलमा जित हात पारेपनि मालोर्काको रेलिगेसन टर्नेछैन । घरेलु मैदानमा ९ खेलाडीमा खेलको अन्त्य गरेको मालोर्काले खेलको २०औं मिनेटमा जुवान हर्नान्डेजको पासमा गोल गर्दै खेलमा अग्रता बनाउन सफल भएको थियो । पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा भिक्टर डियाजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६९औं मिनेटमा कार्लाेस फर्नान्डेजले गोल गर्दै ग्रानडाको जित पक्का गरे । ८०औं मिनेटमा घरेलु टोली मालोर्का १० खेलाडीमा समेटियो । एलेक्ससन्डर सेड्लर सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए ।

खेलको अन्त्यतिर जुवान हर्नान्डेज दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि मालोर्का ९ खेलाडीमा समेटिएको थियो । यो जितले ग्रानडा ५३ अंक जोडेर नवौं स्थानमा रहेको छ । भ्यालेन्सियासँग अंक बराबरी रहेपनि हेड टु हेडमा ग्रानडा पछि परेको हो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.