default_image

8 years ago

August 20, 2016

थ्रिस्टारले आज एर्चिमसँग खेल्दै

एएफसी कप फुटबलको प्लेअफ छनौटका लागी आइतबार नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टारले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबसँग खेल्दैछ । खेल स्थानिय समय अनुसार दिउँसोको ३ बजे मंोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा सुरु हुनेछ । यो नेपाली समय अनुसार पौने १२ बजे खेल सुरु हुन्छ । यो प्रतियोगिताका लागी सम्पुर्ण तयारी पुरा भएको फेडेरेसनले जनाएको […]

26 views

0 Bookmark

एएफसी कप फुटबलको प्लेअफ छनौटका लागी आइतबार नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टारले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबसँग खेल्दैछ ।

AFC Cup Press Conference

खेल स्थानिय समय अनुसार दिउँसोको ३ बजे मंोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा सुरु हुनेछ । यो नेपाली समय अनुसार पौने १२ बजे खेल सुरु हुन्छ । यो प्रतियोगिताका लागी सम्पुर्ण तयारी पुरा भएको फेडेरेसनले जनाएको छ । रुस्लान थ्रिस्टार नेपालको पछिल्लो राष्ट्रिय लिगको विजेता हो भने एर्चिम मंगोलियाको राष्ट्रिय लिग विजेता हो । दुबै टोलीले फेडेरेसनकै कृत्रिम मैदानमा अभ्यास गरीरहका छन् । एर्चिम क्लब थ्रिस्टारका लागी नौलो प्रतिद्धन्द्धि होइन , यी दुई टिमको प्रेसिडेन्ट कप फुटबलमा भेट भइसकेको छ । थ्रिस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले टोली अर्को चरणमा छनौट हुने लक्ष्यका साथ मैदानमा उत्रने बताए । एएफसी कप प्लेअफको छनौट प्रतियोगिता एक दिन पहिले शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अर्को चरणमा जाने तरिकाले खेल्ने बताए र्।  एर्चिमसँग हामीले पहिले पनि खेलेका हौँ , तर खेल्ने खेलाडीहरु परिवर्तन भैसकेकाले यसै भन्न सकिन्न , उनले भने र्, एर्चिमसँगको खेलमा हामी राम्रो नतिजा दिनेछौँ   , उनीहरुको होम ग्राउण्ड जस्तै भएपनि हामी त्यो चुनौती पार गर्न तयार छौँ ।थ्रिस्टार ४ –४ –२ कै रणनितीमा मैदानमा जाने उनले बताए । खेलका क्रममा थ्रिस्टारले निलो जर्सी  र मोजामा खेल्नेछ ।

थ्रिस्टारका कप्तान विक्रम लामाले आफ्नो टिम जितका लागी अगाडी बढेको बताए र्।  हामी जसरी हुन्छ राम्रो नतिजा ल्याउनेछौँ , कप्तान लामाले भर्ने  हामी सक्दो खेल्नेछौँ  । उनले एर्चिम र नागाबल्डको टिम तथा फुटबलका बारेमा आफुहरुलाई त्यत्ति थाहा नभएपनि खुलेर खेल्ने उल्लेख गरे । थ्रिस्टारको टिममा राष्ट्रिय टोलीबाट खेल्ने ७ जना खेलाडी छन् भने मंगोलियाको टिममा १० जना राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी छन् । अभ्यासका क्रममा डिफेन्डर सरोज दाहालको खुट्टामा चोट लागेको भएपनि एर्चिमसँगको खेलमा खेल्नसक्ने कप्तान विक्रम लामाले बताए । यसैगरी अर्का खेलाडी रोशन मललाई रुघाले सताएपनि उनले खेल्ने बताइसकेका छन् । यहाँको मौसम र मैदानले गर्दा छनौट चरणका दुबै खेल खेल्न सजिलो हुने थ्रिस्टारका खेलाडीहरुले बताइसकेका छन् र्।  हामी २–३ दिन अगाडीदेखी यहाँ आइपुग्दा यहााको मौसममा फिजेर अभ्यास गर्न पाएका छौ , प्रशिक्षक केसीले भने , मौसमले त्यत्ति मात्रामा खेलमा प्रभाव पारेको छैन , बरु फाइदा भएको छ ।

एर्चिम क्लबले पछिल्लो लिगमा राम्रो नतिजा ल्याइरहेकाले यसपालीको एएफसी कपको छनौटमा राम्रो नतिजा ल्याउने आशा क्लबले लिएको छ र्। हामीले अरु दुई क्लबको खेलस्तरका बारेमा पनि अध्ययन गरेका छौँ , क्लबका मुख्य प्रशिक्षक बटुल्गा जोरिटले भने र्, हामीले आफ्नो तर्फबाट तयारी पुरा गरेका छौँ , अब देआउने पालो मैदानमा हो । उनले आफ्ना १० खेलाडी राष्ट्रिय टोलीबाट खेल्ने भएकाले नतिजा राम्रो निकाल्नका लागी फलदायी हुने उल्लेख गरे । हामी फिजीकल्ली , मेन्टल्ली दुबै तर्फबाट खेल्न तयार छौँ , एर्चिमका कप्तान इन्खजारगाल टिसेरेन्जाबले भने र्,  आफ्नै देशको मैदान र घरलु समर्थनले पनि हामीलाई फाइदा छ ।

नेपालमा गएको साल भने भुकम्प र नाकाबन्दिका कारण लिगाका खेल नभएकाले अघिल्लो वर्षकै विजेता नै यो प्रतियोगितामा गएको हो । गएको मंगलबार साँझ नेपालबाट हिडेको थ्रिस्टारको टोलीले बुधबार मंगोलियाको राजधानी उलानबटार आइपुगेर बिहीबारबाट मात्र अभ्यास थालेको हो । नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सी. कप खेल्ने यस रुस्लान थ्री स्टार क्लब नै पहिलो टोलि हो । तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ। तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ । थ्रिस्टारले दोस्रो खेलमा ७ भदौमा कम्बोडियाको नागाबल्र्डसँग खेल्नेछ । त्यहाँको लिग च्याम्पियन क्लब म्याच फिक्सिङमा परेपछि दोस्रो स्थानमा रहेको नागावल्र्डले क्लबले यो प्रतियोगिता खेल्ने मौका पाएको हो ।

खेलाडीहरु
एएफसी कप  छनौट खेल्ने थ्रिस्टारका खेलाडीहरूमा ,एलेन न्यौपाने, बिनय श्रेष्ठ र अविशेक बराल गोलरक्षक छन् । यसैगरी रञ्जित धिमाल, देवेन्द्र तामाङ, पिटर सेगुन, विजय धिमाल, सरोज दाहाल, विष्णु सुनार डिफेन्डर छन् । त्यसैगरी बिक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, सुनिल बल, विजय गुरुङ, विष्णु गुरुङ मिडफिल्डर छन् । फरवार्डमा बुद्ध राज लिम्बु (चेम्जोङ), असिम जंग कार्की, रोशन मल, मार्टिन्स कायोडे अजायी, रहेका छन् ।

प्रतियोगिताको तयारी पुरा ।

एएफसी कप प्लेअफ छनौटका लागी सम्पुर्ण तयारी पुरा भएका मंगोलियन फुटबल फेडेरेसनले जनाएको छ । दर्शकलाई फुटबल हेर्ने ब्यवस्थापन देखी लिएर सहभागगी क्लबलाई दिने अन्य सेवा र सुरक्षाका लागी पनि रामै्रो बन्दोबस्त मिलाइएको फेडेरेसनले बतायो । ३ वटा क्लबका प्रशिक्षक र कप्तानले पत्रकारहरु माझ आफ्ना भनाई र टिमका बारेमा जानकारी दिनुअघि क्लबका पदाधिकारी , प्रशिक्षक , रेफ्रि , सुरक्षा निकायका अधिकारी , मिडीयाका प्रतिनिधी र अन्य फुटबल खेलसँग सरोकार राख्ने निकायका वीच छलफल भएको थियो । एशियाली फुटबल परिषद एएफसीका प्रतिनिधी एवं म्याच कमिसनर युएन भिनसेन्टले छलफलका क्रममा प्रतियोगिताका दौरान निभाउनुपर्ने नियमका बारेमा जानकारी गराएका थिए ।  पत्रकार सम्मेलनमा बोल्दै कम्बोडियाको क्लब नागाबल्र्डका प्रमुख प्रशिक्षक मियास चानाले पर्याप्त तयारी गरेर टोली मंगोलिया आएको बताए र्।  हामीले तयारी राम्रै गरेका छौँ , उनले भने र्, टिमले राम्रो प्रर्दशन गर्नेछ  । कप्तान सोक रिथीले आफ्नो टिमका खेलाडीका लागी मौसमले साथ नदिएको गुनासो गरे र्। हाम्रो देशमा भन्दा यहाा धेरै जाडो छ , उनले भने , जाडो भएपनि हामी खेलमा फोकस भएर राम्रो नतिजा दिन्छौँ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.