default_image

5 years ago

July 17, 2020

‘यस्तै खेले नेपोलीसँग पनि हार्नेछौं’ – मेस्सी

155 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना बिहीबार राती ओसासुनाविरुद्ध २-१ ले पराजित भएसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

 

रियलले यसैपनि आफ्नो खेल जितेपछि उपाधि जित्नेमा बार्सिलोनाको हारले दुई क्लबबीचको अन्तर थप फराकिलो बनेको हो । रियलले घरेलु मैदानमा भिल्लारियललाई २-१ ले पराजित गरेको थियो । ओसासुनाविरुद्ध खेलमा बार्सिलोनाका लागि कप्तान मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएपनि हार टार्न सकेनन् ।

एक त खेलमा बेहर्नुपरेको हार, र अर्को लिग उपाधि गुमाउनुको पिडा, मेस्सीले खेलपछि निराश हुँदै क्लबमा निकै परिवर्तन हुनुपर्ने अभिव्यक्ति दिए । ‘ रोमा, लिभरपुल, अब समर्थकहरु पनि धेरै धैर्यता गर्न सक्दैनन् । हामीले उनीहरुलाई केहि दिन सकिरहेका छैनौं । यदि हामी च्याम्पियन्स लिग उपाधिका लागि लड्न चाहन्छौं भने धेरै परिवर्तन गर्नु आवश्यक छ,’ कप्तान मेस्सीले भने ।

‘अहिलेको हिसाबले खेल्ने हो भने हामी नेपोलीसँग पनि हार्नेछौं । मैले केहि समयअघि पनि भनेको थिएँ च्याम्पियन्स लिग जित्न कठिन छ । तर अहिले हेर्दा हामी लिग जित्न पनि लायक रहेनछौं,’ मेस्सीले प्रष्ट पारे ।

मेस्सिले रियल म्याड्रिडले उच्च लयमा खेल्दै लिग उपाधि जित्न सफल रहेको बताए । ‘म्याड्रिडले आफू जे गर्नुपर्ने हो, त्यो राम्रोसँग गर्यो । लिग सूचारु भएपछि उनीहरुले कुनै खेल हारेका छैनन् । हामीले जित्नुपर्ने खेलमा निकै अंक गुमायौं । हामी खेलाडीसँगै सबैले आत्मलोचना गर्न जरुरि छ,’ अर्जेन्टिनी फरवार्डले थपे ।

मेस्सीले बार्सिलोनाजस्तो क्लबले लगातार खेल जित्ने अपेक्षा रहनु सहि भएको बताए । ‘हामी बार्सिलोना हौं र हामीले हरेक खेल जित्नुपर्छ भन्ने अपेक्षा हुन्छ । क्लबमा सबै रिसाएका छन् र हामी खेलाडी पनि रिसमा छौं । हामीले क्लबलाई केहि नदिएर नै यो अवस्था आएको हो,’ मेस्सीले भने ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.