default_image

5 years ago

July 18, 2020

भिडाल लगातार नवौं लिग उपाधिबाट बन्चित

170 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल लगातार नवौं सिजन लिग उपाधि जित्नबाट बन्चित भएका छन् । बिहीबार रियल म्याड्रिडले स्पेनिस ला लिगा उपाधि जितेपछि भिडालको लगातार लिग जितको सिलसिला ८ उपाधिमा रोकिएको छ ।

भिडालले सन् २०११/१२ सिजनमा युभेन्टसबाट लिग जितेयता लागत ८ सिजन विभिन्न क्लबबाट खेल्दै लिग उपाधि जितेका छन् । पछिल्लो सिजन बार्सिलोना आएका उनले पहिलो सिजनमा नै च्याम्पियन बनेका थिए । यसपटक भने लिगको अन्तिमतिर बार्सिलोनाले लय गुमाउँदा उनी उपाधिविहिन नै रहने सम्भावना रहेको छ ।

सन् २०११ मा जर्मन क्लब बायर लेभरकुसनबाट भिडाल इटालियन क्लब युभेन्टस पुगेका थिए । इटालीमा उनले लगातार ४ सिजन लिग उपाधि जिते । इटालीमा ४ वर्षको बसाईंपछि भिडाल जर्मनी पुगेका थिए । सन् २०१५/१६ सिजनमा जर्मनी पुगेका उनले लगातार तीन सिजन लिग उपाधि जिते ।

भिडालले यसबीचमा चिलीको राष्ट्रीय टोलीबाट खेल्दै सन् २०१५ र २०१६ मा कोपा अमेरिका पनि जितेका छन् । दुवै पटक फाइनलमा चिलीले अर्जेन्टिनालाई पराजित गरेको थियो । यसबाहेक उनले क्लब फुटबलमा घरेलु कप  प्रतियोगिता पनि जितेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.