5 years ago
July 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)— कास्की जिल्ला फुटबल संघ र त्यसका अध्यक्ष मिलन गुरुङले आर्थिक अनियमिताका बारेमा छानविन गर्न गठित छानविन समितिले अखिल नेपालल फुटबल संघ (एन्फा) लाई प्रतिवदेन बुझाएको छ ।

एन्फा उपाध्यक्ष रहेका छाविन समितिका संयोजक वीरबहादुर खड्का शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रतिवेदन बुझाएका थिए । समितिले दुई साता भन्दा लामो समय पोखरा बसेर छानविन गरेको थियो । समितिमा आनन्द रञ्जित र नारायण दत्त अधिकारी सदस्य थिए ।
कास्की एन्फा आर्थिक कारणले विवादमा परेपछि एन्फाले सुरुमा रत्नकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । उनले स्वास्थ्यको कारण देखाउँदै समितिको संयोजकबाट राजीनामा दिएपछि खड्कालाई संयोजक तोकिएको थियो । समितिले कास्की एन्फाको आयोजनामा दुई वर्षअघि भएको मनकामना केबलकार कपको आयव्यय मुख्य रुपमा छानविन गरेको थियो ।
त्यसबाहेक जिल्लाले आयोजना गरेको अन्य प्रतियोगिता आर्थिक विषयमा पनि समितिले छानविन गरेको बताइएको छ । अब एन्फाले प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि कसरी अघि बढाउँछ भन्नेमा विषय मुख्य रुपमा उठ्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]