default_image

4 years ago

July 19, 2020

कासिलास रियल म्याड्रिड फर्कने

एजेन्सी – स्पेनिस लेजेन्ड गोलरक्षक इकर कासिलास पुर्वक्लब रियल म्याड्रिड फर्कने भएका छन् । १६ वर्ष रियलबाट खेलेका लेजेन्ड तथा पुर्व कप्तानसमेत रहेका कासिलास पेरेजको सल्लाहकारको रुपमा सान्टियागो बर्नाबेउ फर्किन लागेका हुन् । रियलका लेजेन्डसमेत रहेका गोलरक्षक कासिलास व्यवस्थापकीय भुमिकाका म्याड्रिड फर्कन लागेको स्पेनिस मिडिया मार्काले जनाएको छ । ३९ वर्षे लेजेन्ड गोलरक्षक कासिलास रियलका […]

45 views

0 Bookmark

एजेन्सी – स्पेनिस लेजेन्ड गोलरक्षक इकर कासिलास पुर्वक्लब रियल म्याड्रिड फर्कने भएका छन् । १६ वर्ष रियलबाट खेलेका लेजेन्ड तथा पुर्व कप्तानसमेत रहेका कासिलास पेरेजको सल्लाहकारको रुपमा सान्टियागो बर्नाबेउ फर्किन लागेका हुन् ।

रियलका लेजेन्डसमेत रहेका गोलरक्षक कासिलास व्यवस्थापकीय भुमिकाका म्याड्रिड फर्कन लागेको स्पेनिस मिडिया मार्काले जनाएको छ । ३९ वर्षे लेजेन्ड गोलरक्षक कासिलास रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजका सल्लाहकारका रूपमा रहनेन् । पेरेजले कासिलासलाई सल्लाहकारका रूपमा प्रस्ताव गरेको र यो प्रस्तावलाई कासिलास सहमत जनाएको मार्काले जनाएको छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि प्रशिक्षक बन्नुअघि अध्यक्ष पेरेजको सल्लाहकारको रुपमा काम गरेका थिए । त्यसपछि उनी रियलको ‘बी’ टिमको प्रशिक्षक हुदै सिनियर टोलीको प्रशिक्षक बन्न पुगेका हुन् ।  कासिलास २०१५ मा रियल म्याड्रिड छाडेर पोर्चुगिज क्लब पोर्टाे पुगेका थिए ।

प्रशिक्षण दौरान १ मे २०१९ मा हर्ट अट्याक भएपछि कासिलासले १८ फेब्रुअरी २०२० मा व्यवसायिक खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए । सन्यासको घोषणा गरेपनि सम्झौता अवधि रहेकाले उनले १ अगस्टमा हुने बेन्फिकाविरुद्धको खेलपछि पोर्टो छोडेको आधिकारिक घोषणा गर्दै म्याड्रिड फर्कनेछन् ।

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

Success

Thank you for your time.