5 years ago
July 19, 2020
एजेन्सी – स्पेनिस ला लिगाको यो सिजन आजबाट सकिँदैछ । ला लिगाको ३८औं चरणअन्तर्गत अन्तिम चरणको खेल सबै एकै समयमा १० खेलमा प्रतिस्पर्धा हुनेछ ।

एक खेल अगावै ला लिगाको उपाधि जितिसकेको रियल म्याड्रिड, दोस्रो स्थानमा रहेको बार्सिलोना र तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले आ–आफ्ना टोलीसँग प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियन रियलले लेगानेसको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । कोरोनापछिको खेलमा शतप्रतिशत जित निकालेको रियल सोही जितलाई निरन्तरता दिदै यो सिजन अन्त्य गर्ने दाउमा हुनेछ । रियलले कोरोनापछिको सबै १० खेलमा जित हात पारेको छ ।
यता, रेलिगेसन जोनमा रहेका कारण लेगानेस घरेलु मैदानमा कोरोनापछिको खेलमा अपराजित रहेको रियलको शतप्रतिशत जितको यात्रा टुंग्याउदै रेलिगेसन बचाउने दाउमा हुनेछ । तर, लेगानेसलाई रेलिगेसन जोगाउन आफैले मात्रै जितेर पुग्दैन । सेल्टा डि भिगोको नतिजा कुर्नुपर्ने हुन्छ । रियलको ८६ तथा लेगानेस ३५ अंक जोडेर १८औं स्थानमा छ ।

यस्तै अर्काे खेलमा दोस्रो स्थानमा चित्त बुझाएको साविकको विजेता क्याटलान क्लब बार्सिलोनाले डिपोर्टिभो एलाभेसको मैदानमा प्रतिस्पर्धा गर्दैछ । उपाधिबाट चुकेपनि बार्सिलोना जितसहित यो सिजन अन्त्य गर्न चाहन्छ । एलाभेस पनि बार्सिलोनासँग अंक खोस्ने लक्ष्यमा हुनेछ । बार्सिलोनाको ७९ तथा एलाभेसको ३९ अंक छ ।
शीर्षचारमा स्थान पक्का गरिसकेको एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा रियल सोसिडाडको आतिथ्यता गर्दैछ । यो खेलमा जित हात पार्दै एट्लेटिको तेस्रो स्थान सुरक्षित गर्न चहान्छ । चौथो स्थानमा रहेको सेभिल्लाले भ्यालेन्सियासँग खेल्दैछ ।
आज हुने अन्य खेलहरु :
भिल्लारियलविरुद्ध एइबार (राति १०ः१५ बजे)
भाल्लाडोलिडविरुद्ध रियल बेटिस (राति १०ः१५ बजे)
ओसासुनाविरुद्ध मालोर्का (राति १२ः४५ बजे)
लेभान्टेविरुद्ध गेटाफे (राति १२ः४५ बजे)
ग्रानडाविरुद्ध एथ्लेटिक बिल्बाओ (राति १२ः४५ बजे)
एस्पान्योलविरुद्ध सेल्टा (राति १२ः४५ बजे)
सेभिल्लाविरुद्ध भ्यालेन्सिया (राति १२ः४५ बजे)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]