5 years ago
July 19, 2020
एजेन्सी – इंग्ल्यान्डको सबैभन्दा चर्चित र प्रतिष्ठित एफए कपको फाइनल प्रवेशका लागि आज राति प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । यस खेलमा विजयी हुने टोलीले उपाधिका लागि १ अगस्टमा आर्सनलको सामना गर्नेछ । आर्सनलले शनिबार राति साविकको विजेता म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । वेम्वली स्टेडियममा उत्रदा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु नै हुनेछ ।
चेल्सीले २०१८ मे यता युनाइटेडलाई हराउन सकेको छैन । त्यसयताका ६ खेलमा चेल्सीले चार खेलमा हार बेहोर्दा २ बराबरीको नतिजा निकालेको छ । त्यसैले चेल्सी युनाइटेडविरुद्ध जितो खोजीमा हुनेछ । युवा खेलाडीको बाक्लो उपस्थिति रहेको चेल्सीका लागि ओलिभर जिरुउड नै टोलीको मुख्य हतियार हुनेछ । जिरुउडलाई विलियन, क्रिस्टियन पुलिसिस, मासन माउन्ट, जर्गिन्हो, माटियो कोभासिस, मार्काेस अलन्सो र कप्तान सिजरले साथ दिनेछन् ।
यता, युनाइटेड चेल्सीसँगको अपराजित यात्रालाई कायमै राख्दै फाइन्ल पुग्ने दाँउमा हुनेछ । पछिल्लो १९ खेलमा अपराजित रहेको युनाइटेडका लागि ब्रुनो फर्नान्डेज, पल पोग्वा, मार्कुस रासफोर्ड, एन्थोनी मार्सियल, मासन ग्रीनवुड, नेमान्जा माटिस ह्यारी मिगुएर जस्ता स्टार खेलाडीको साथ रहनेछ ।
यि दुई टोलीबीचको पछिल्ला ३० खेलको नतिजा हेर्दा खेल प्रतिस्पर्धात्मक नै हुने अनुमान गर्न सकिन्छ । युनाइटेडले १२ खेलमा जित हात पार्दा चेल्सीले १० खेलमा जित निकालेको छ । ८ खेल बराबरीमा टुंगिएको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]