9 years ago
August 21, 2016
ब्राजिलका कप्तान नेयमारको अन्तिम पेनाल्टी गोलको मद्दतले आयोजक राष्ट्र ब्राजिलले इतिहासमै पहिलोपल्ट पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ।

खेलको २७औं मिनेटमा उत्कृष्ट फ्रिकिक प्रहार गर्दै ब्राजिललाई अग्रता दिलाएका नेयमारले ब्राजिलको वर्ल्ड कपको हारको पिडा बिर्साउने बाटो खोलेका थिए। तर, ५९औं मिनेटमा म्याक्स मायरले गोल गर्दै खेललाई बराबरीमा ल्याए खेलमा त्यसपछि गोल भएन र अतिरिक्त ३० मिनेटमा पनि कुनै टोलीले गोल नगरेपछि पेनाल्टी सुटआउट बाट खेलको छिनोफानो हुने भएको थियो।
पेनाल्टीमा जर्मनीको निल पिटर्सनको प्रहार ब्राजिलका गोलकिपर वेभर्टनले रोकेका थिए र अन्तिम पेनाल्टीमा नेयमारले गोल गरेपछि ब्राजिलको स्वर्ण पक्का भएको थियो। ब्राजिलले पेनाल्टीमा ५-४को जित दर्ता गर्यो।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]