default_image

5 years ago

July 19, 2020

विश्वकपमा ‘सहभागी’ मात्र हुनेछैन सान्चेजको कतार

179 views

0 Bookmark

एजेन्सी – कतार सन् २०२२ को फिफा विश्वकपमा पहिलो पटक विश्व फुटबलको सर्वोच्च प्रतियोगितामा सहभागी हुँदैछ । आयोजक राष्ट्रको हैसियतले कतार विश्वकपमा छनोट भएको हो ।

विश्वकप खेल्न छनोट चरण खेल्नु नपरेपनि कतारले गतवर्ष एसियन कपको उपाधि जित्दै आफूलाई कमजोर आँक्न नमिल्ने सन्देश दिइसकेको छ । दिर्घकालिन योजनासहित फुटबलमा बलियो टोली निर्माण गर्न कतारले झन्डै डेढ दशकदेखि एकेडेमी संचालन गर्दै आएको छ । सन् २००६ मा एस्पायर एकेडेमी पुगेका बार्सिलोनाका पूर्व युथ प्रशिक्षक फेलिक्स सान्चेज अहिले राष्ट्रिय टोलीका प्रशिक्षक छन् ।

सान्चेजले सन् २००६ मा एकेडेमीमा अनुबन्ध भएपछि अन्डर-१९ टोलीको जिम्मेवारी सम्हालेका थिए । उनले उमेर समूहको टोली हेर्दै लामो समय बिताएपछि सन् २०१७ मा सिनियर टोलीलाई नै हेर्ने जिम्मेवारी पाए । कतारको राष्ट्रिय टोलीमा रहेका अधिकांश सदस्य एस्पायर एकेडेमीकै भएकाले पनि सान्चेजले हरेक खेलाडीबारे राम्रोसँग बुझेका छन् ।

कतारले विश्वकप आयोजनाको अधिकार पाउँदा विश्वकप खेल्न सक्ने टोली तयार गर्न सक्नेछ भन्नेमा ठूलो प्रश्न थियो । तर सान्चेजले झन्डै डेढ दशकको मिहिनेतपछि कतारलाई विश्वकपमा सहभागी मात्र नभएर प्रतिस्पर्धा नै गर्न सक्ने टोली तयार पारेका छन् ।

गतवर्ष इतिहासमै पहिलो पटक एसियन कपको उपाधि जित्दा मुख्य कारण नै सान्चेजको खेलाडीसँगको तालमेल रहेको उनले बताएका थिए । उक्त प्रतियोगितामा कतारले सबैलाई अचम्मित पार्दै १९ गोल गरेको थियो । प्रतियोगिता अवधिभर फाइनलमा मात्र गोल खाएको कतारले जापानलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

गतसाता विश्वकपको खेल तालिका सार्वजनिक भएपछि कतारले पहिलो खेल कहाँ खेल्ने सार्वजनिक भएको छ । विश्वकप आयोजक भएकाले समूह ए को पहिलो टोली बन्ने र उद्घाटन खेल खेल्ने पक्का हुन्छ । कतारले उपलब्ध मध्य दोस्रो ठूलो रंगशाला अल बयतमा प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रशिक्षक सान्चेजले विश्वकपको लागि आफू र आफ्नो टोली तयार रहेको बताए । ‘ खेल तालिका आउनु भनेको विश्वकप नजिक आएको बुझ्नुपर्छ । यसले हामीलाई अझै उर्जा दिएको छ । यस विशेष क्षणलाई अझ राम्रो बनाउन हामी लागिरहेका छौँ,’ उनले भने ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.