default_image

5 years ago

July 20, 2020

अन्तिम खेलमा रियल म्याड्रिड रोकियो

164 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको अन्तिम खेलमा लिग च्याम्पियन रियल म्याड्रिड बराबरीमा रोकिएको छ । कोरोनापछिको १० खेलमा शतप्रतिशत जित निकालेको च्याम्पियन रियल म्याड्रिड स्पेनिल ला लिगाको अन्तिम खेलमा लेगानेससँग २–२ गोलको बराबरीमा रोकिएको हो । 

रियलले खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । घरेलु टोली लेगानेसका ब्रयन गिल र रोजर एसालेले गोल गरे । रियलका कप्तान सर्जियो रामोस र मार्काे एसेन्सियाले गोल गरे । खेलको नवौं मिनेटमा इस्कोको क्रसलाई रामोसले हेडमार्फत गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

 

पहिलो हाफको इन्ज्युरी समयको थप गएिको पहिलो मिनेटमा ब्रयन गिलले जोनाथन क्रिस्टियन सिल्भाको पासलाई सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५२औं मिनेटमा इस्कोको पासमा मार्काे एसेन्सियोले गोल गरेपछि रियलले पुनः खेलमा २–१ को अग्रता बनाएको थियो ।  ७८औं मिनेटमा जोनाथनकै पासमा रोजरले गोल गरेपछि लेगानेसले खेललाई पुनः २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

च्याम्पियन रियललाई बराबरीमा रोकेपनि लेगानेसले रेलिगेसन टार्न सकेन । लेगानेस सबै ३८ खेलबाट ३६ अंक जोडेर १८औं स्थानमा रहँदै दोस्रो डिभिजनमा घटुवा हुन पुग्यो । बराबरीपछि रियलले ३८ खेलबाट ८७ अंक जोडेर दोस्रो स्थानमा रहेको बार्सिलोनालाई ५ अंकले पछि पार्दै यो सिजनको अन्त्य ग¥यो ।

अन्य नतिजाहरु

डिपोर्टिभो एलाभेसविरुद्ध बार्सिलोना (०–)

भाल्लाडोलिडविरुद्ध रियल बेटिस (२–०)

भिल्लारियलविरुद्ध एइबार (४–०)

एट्लेटिको म्याड्रिडविरुद्ध रियल सोसिडाड (१–१)

एस्पान्योलविरुद्ध सेल्टा (०–०)

ग्रानडाविरुद्ध एथ्लेटिक बिल्बाओ (–०)

लेभान्टेविरुद्ध गेटाफे (–०)

ओसासुनाविरुद्ध मालोर्का (२–२)

सेभिल्लाविरुद्ध भ्यालेन्सिया (–०)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.