5 years ago
July 20, 2020
एजेन्सी – फरवार्ड ह्यारी केनले दुई गोल गरेपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरसँग ३–० को हार बेहोरेको छ । टोटेनहमले एक गोल उपहार पाएको थियो ।

टोटेनहमसँगको हारले लेस्टर सिटीको शीर्ष चारको यात्रा कठिन बनेको छ । ६२ अंक जोडेर चौथो स्थानमा रहेपनि एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई उछिन्न सक्नेछ । युनाइटेडको पनि ६२ अंक नै छ । एक खेल कम खेलेको तेस्रो स्थानमा रहेको चेल्सीको ६३ अंक छ । अब लेस्टरले अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग खेल्न बाँकी छ ।
यो खेलले पनि लेस्टर र युनाइटेडको शीर्ष चारको भविष्य तय गर्न सक्नेछ । युनाइटेडले लेस्टरसँग खेल्नुअघि वेस्टह्यामसँग खेल्नेछ । यस्तै चेल्सीले लिभरपुल र वल्भ्ससँग खेल्न बाँकी छ । टोटेनहम हस्टपर मैदानमा आइतबार राति भएको खेलको छैटौं मिनेटमा जेम्स जस्टिनको आत्मघाती गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । केनको पासमा ह्युङ मिन सनको प्रहार जस्टिनलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो ।

३७औं मिनेटमा लुकास मोउराको पासमा ह्यारी केनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनायो । त्यसको तीन मिनेटपछि नै मोउराकै पासमा ह्यारी केनल व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेसो गोल गरेपछि टोटेनहमले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाउन सफल भयो ।
५८औं मिनेटमा देमाराई ग्रेको शक्तिशाली प्रहारलाई टोटेनहमका गोलरक्षक तथा कप्तान ह्युगो लोरिसले बचाए । लेस्टरले कुनै पनि समय टोटेनहमको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम ३–० ले विजयी हुन सफल भयो ।
जितपछि टोटेनहम ३७ खेलबाट ५८ अंक जोडेर छैटौं स्थानमा उक्लन सफल भएको छ । अब टोटेनहमले अन्तिम खेलमा क्रिस्टल प्यालेससँग खेल्न बाँकी छ ।

यस्तै अर्काे खेलमा साउथह्याम्पटनले बर्नमाउथमाथि २–० को सहज जित हात पारेको छ । साउथह्याम्पटनको जितमा ड्यानी इंग्स र चे एडाम्सले गोल गरे । ड्यानी इंग्सले पेनाल्टी चुकाउदा बर्नमाउथका साम सुरिजले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । जितसँगै साउथह्याम्पटन ४९ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । बर्नमाउथ ३१ अंक जोडेर १९औं स्थानमा रहेर रेलिगेसनको संघारमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]