default_image

5 years ago

July 20, 2020

लुकाकुको गोलमा इन्टर मिलान हारबाट जोगियो

216 views

0 Bookmark

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुले अन्तिम समयतिर पेनाल्टीमार्फत गोल गरेपछि इन्टर मिलान इटालियन सिरी ‘ए’ मा रोमासँगको हारबाट जोगिएको छ ।

इन्टर मिलानले घरेलु टोलीलाई २–२ गोलको बराबरीमा रोक्दै एक अंक लिन सफल भएको हो । रोमाको मैदानमा आइतबार राति भएको खेलमा रोमाका लियोनार्दाे स्पिनाजजोला र हेनरिक मिखतरयानले गोल गरे । इन्टरका स्टेफन डि भर्ज र लुकाकुले गोल गरे ।

खेलको १५औं मिनेटमा स्टेफनको गोलबाट इन्टरले खेलमा अग्रता बनाएको थियो । उनले एलेक्सिस सान्चेजको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लियोनार्दाेले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

५७औं मिनेटमा इडेन जेकोको पासमा हेनरिक मिखतरयानले गोल गरेपछि रोमाले खेलमा २–१ को अग्रता लिन सफल भएको थियो । ८८ औं मिनेटमा लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

भिक्टर मोसेसले गरेको प्रहार लियोनार्दाेले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले इन्टरलाई पेनाल्टीको मौका दिएको थियो । जसलाई लुकाकुले सदुपयोग गरे । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो । बराबरीसँगै दोस्रो स्थानमा रहेको इन्टरको ३४ खेलबाट ७२ अंक पुगेको छ । समान खेलबाटै रोमा ५८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.