default_image

5 years ago

July 20, 2020

रामोसको दुर्लभ शतक

121 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले आइतबार लेगानेसविरुद्ध खेलमा गोल गर्दै क्लब फुटबलमा १ सय गोल पूरा गरेका छन् ।

ला लिगा इतिहासमै सर्वाधिक गोल गर्ने डिफेन्डर बनेका रामोसले लेगानेसविरुद्ध खेलको सुरुवाती गोल गरेका थिए । उनले हालसम्म रियल म्याड्रिडका लागि ९७ र सेभिल्लाबाट खेल्दै ३ गोल गरेका छन् । रामोसले घरेलु तथा युरोपेली प्रतियोगिताको समेत गोल जोड्दै १ सय गोलको आँकडा पार गरेका हुन् ।

सेभिल्लाबाट खेल्दा रामोसले ला लिगामा २ तथा यूईएफए कपमा १ गोल गरेका थिए । त्यसपछि रियल म्याड्रिड आएका उनले पछिल्लो समय लगातार गोल गर्दै आएका छन् । रियलको जर्सीमा उनले ला लिगामा ७२ गोल तथा कोपा डेल रे मा ७ गोल गरेका छन् । च्याम्पियन्स लिगमा १३ गोल गरेका उनले क्लब विश्वकपमा ३ तथा स्पेनिस सुपर कप र युरोपेली सुपर कपमा २-२ गोल थपेका छन् ।

ला लिगामा रामोस यसै सिजन सर्वाधिक गोल गर्ने डिफेन्डर बनेका थिए । यसअघि बार्सिलोनाका डिफेन्डर रोनाल्ड कोम्यानले ६७ गोल गर्दै उक्त कीर्तिमान राखेका थिए । डिफेन्डर फर्नान्डो हिएरोले आफ्नो करिअरमा १ सय ५ गोल गरेका थिए । तर उनले ४४ गोल भने मिडफिल्डमा खेल्दा गरेका थिए ।

क्लब फुटबलमा मात्र होइन, रामोसले राष्ट्रीय टोलीबाट पनि लगातार गोल गर्दै आएका छन् । स्पेनको राष्ट्रिय टोलीबाट उनले २१ गोल गरेका छन् । यसमध्य ५ गोल मैत्रीपूर्ण खेल, ८ गोल युरो छनोट, ५ गोल विश्वकप छनोट तथा ३ गोल यूईएफए नेसन्स लिगमा सम्भव भएका छन् । रामोसले आफूले खेलेकामध्य विश्वकप, युरो कप र कन्फेडेरेसन कपमा मात्र गोल गर्न सकेका छैनन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.