5 years ago
July 20, 2020
एजेन्सी – इस्तानबुल बासाकसेरले क्लबको इतिहासमा पहिलोपटक टर्किस सुपर लिगको उपाधि जितेको छ । काइसेरिस्पोरमाथि १–० को झिनो जित निकाल्दै इस्तानबुलले लिगको एक चरणको खेल बाँकी रहँदा टर्किस लिगको उपाधि जित्न सफल भएको हो ।

क्लबको इतिहासमा पहिलोपटक लिग च्याम्पियन बन्ने क्रममा इस्तानबुलले फेनरवाच, गालातासारे र बेसिक्टासजस्ता तीन ठुला क्लबलाई पछि पारेका थिए । अर्काे खेलमा दोस्रो स्थानमा रहेको ट्रावजोन्सपर कोन्यास्परसँग ४–३ ले पराजित भएसँगै इस्तानबुलको उपाधि पक्का भएको हो ।
इस्तानबुलको ३३ खेलबाट ६९ अंक रहेको छ । दोस्रो स्थानको ट्रावजोन्सपरको ६२ अंक रहेको छ । काइसेरिस्पोर ३२ अंक जोडेर १७औं स्थानमा छ ।

इस्तानबुल बासाकसेर टर्किस सुपर लिग जित्ने छैटौ क्लब बन्यो । गालाटासारे (२३), फेनरवाच, (२८) बुरसास्पोर (१) र ट्रावजोन्सवर (६) ले मात्रै टर्किस लिगको उपाधि जितेका छन् । इस्तानबुल बासाकसेर १९९० मा स्थापना भएको क्लब हो ।
इस्तानबुल बासाकसेर २००७/०८ को सिजनमा सुपर लिगमा बढुवा भएको थियो । पछिल्लो दुई सिजन इस्तानबुल बासाकसेर उपविजेतामा सीमित बनेको थियो ।

इस्तानबुलको जितमा मामुट टेकडेमिरले पहिलो हाफमा गरेको गोल नै पर्याप्त बन्यो । ३७औं मिनेटमा इडिन भिस्काले पेनाल्टी चुकाएका थिए । इस्तानबुलबाट प्रिमियर लिगका स्टार रोविन्हो, डेम्वा बा, मार्टिन स्केर्टल र गले क्लिची लगायत खेलाडीले खेलेका थिए ।

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]