default_image

5 years ago

July 20, 2020

१७ वर्षीय बेलिन्घम अनुबन्ध गर्न डर्टमुन्डले खर्चियो ४ अर्ब रुपैयाँ

130 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले इंग्लिस फुटबलको दोस्रो श्रेणीमा खेलिरहेको बर्मीङघम सिटीबाट युवा मिडफिल्डर जुड बेलिन्घमलाई अनुबन्ध गरेको छ ।

इंग्ल्यान्डको यू-१७ राष्ट्रिय टोलीका कप्तान समेत रहेका १७ वर्षीय बेलिन्घमलाई अनुबन्ध गर्न युरोपका शीर्ष क्लबहरुबीच प्रतिस्पर्धा चलिरहेको थियो । तर डर्टमुन्डले पछिल्लो समय युवा खेलाडी अनुबन्ध गरेर प्राप्त गरेको सफलता र उनलाई लिएर क्लबको योजनाबाट प्रभावित भएपछि बेलिन्घमले डर्टमुन्ड रोजेका हुन् ।

बेलिन्घमले लामो समयको लागि सम्झौता गरेको क्लबले जनाएको छ । क्लबले उनलाई अनुबन्ध गर्न खर्चेको २६ मिलियन पाउन्ड (झन्डै ४ अरब नेपाली रुपैयाँ) १७ वर्षीय खेलाडीका लागि खर्च भएको सर्वाधिक रकम हो । बक्स टु बक्स मिडफिल्डरको भूमिकामा खेल्ने बेलिन्घमलाई इंग्लिस फुटबलको नयाँ युगका स्टारका रुपमा हेरिएको छ ।

बेलिन्घम बिहीबार जर्मनी पुगेर आवश्यक कागजी प्रक्रिया र स्वास्थ्य परिक्षण गराएका थिए । उनले शनिबार प्रेस्टनविरुद्ध लिगको खेल पनि खेलेका थिए । डर्टमुन्डले यसै सिजन अर्का इंग्लिस मिडफिल्डर जेडन सान्चोलाई बेच्ने सम्भावना बढेपछि बेलिन्घमलाई आफ्नो पहिलो रोजाईमा राखेको थियो ।

बेलिन्घम यसअघि म्यानचेस्टर युनाइटेड जाने चर्चा पनि चलेको थियो । युनाइटेडको प्रस्तावमा बेलिन्घमले क्लबको मैदान निरीक्षण गर्दै पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन पनि भेटेका थिए । तर डर्टमुन्डले राम्रो प्रस्ताव गरेपछि उनले जर्मन क्लबमा अनुबन्ध हुने निर्णय गरे । उनलाई चेल्सी, रियल म्याड्रिड, बायर्न म्युनिखका स्काउटले पनि पछ्याइरहेका थिए ।

गत अगष्टमा बेलिन्घमले १६ वर्ष ३८ दिनको उमेरमा इंग्लिस लिगमा डेब्यु गर्दै सबैभन्दा कम उमेरमा लिग खेल्ने कीर्तिमान बनाएका थिए । उनले लगत्तै घरेलु मैदानमा खेलेको पहिलो खेलमा स्टोकविरुद्ध विजयी गोल पनि गरेका थिए ।

गत सिजन युवा सनसनी एर्लीङ हालान्डलाई अनुबन्ध गरेको डर्टमुन्डले बेलिन्घमलाई सिनियर टोलीमा नै अवसर दिने प्रष्ट पारेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.