default_image

4 years ago

July 20, 2020

चोटले बार्सिलोना र नेपोलीलाई समस्या

एजेन्सी – च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगको खेलअघि बार्सिलोना र नेपोली दुवैलाई चोटले समस्या परेको छ । पहिलो लेगमा १-१ को बराबरी खेलेको इटालियन टोलीले दोस्रो लेगमा बार्सिलोनाको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । खेल अगष्ट ८ मा हुने तालिका रहेको छ । तर उक्त खेलअघि टोलीका मुख्य खेलाडीले चोट बोकेपछि बार्सिलोना र […]

31 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगको खेलअघि बार्सिलोना र नेपोली दुवैलाई चोटले समस्या परेको छ ।

पहिलो लेगमा १-१ को बराबरी खेलेको इटालियन टोलीले दोस्रो लेगमा बार्सिलोनाको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । खेल अगष्ट ८ मा हुने तालिका रहेको छ । तर उक्त खेलअघि टोलीका मुख्य खेलाडीले चोट बोकेपछि बार्सिलोना र नेपोलीलाई समस्या परेको छ । नेपोलीका फरवार्ड ड्रीज मर्टेन्स र बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेंगलेट घाइते भएका छन् ।

मर्टेन्सले आइतबार लिग अन्तर्गत उडिनेजेविरुद्ध खेल्दा चोट बोकेका हुन् । उनी मांशपेशीको समस्याका कारण ३१ औं मिनेटमा नै मैदान छाड्न बाध्य भएका थिए । नेपोलीको लागि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका बेल्जियन फरवार्डलाई फिट हुन मात्र २० दिन बाँकी छ ।

यता बार्सिलोनाका मुख्य डिफेन्डर लेंगलेट पनि आइतबार अलाभेसविरुद्ध खेलमा घाइते भएका थिए । उनले ५० औं मिनेटमा मैदान छाडेपछि आर्टुरो भिडालले डिफेन्डरको भूमिका निभाएका थिए । यद्यपि लेंगलेटको चोट भने खासै गम्भीर भने छैन । उनले च्याम्पियन्स लिगसम्म पुनरागमन गर्ने विश्वास गरिएको छ ।

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

May 1, 2024

फुटबल टोली आज इङ्ल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति‌ इङ्ल्यान्ड त्यसतर्फ जाने भएको छ। इङ्ल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको‌ भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले […]

Success

Thank you for your time.