default_image

4 years ago

July 20, 2020

ब्यालोन डी’ओर उपाधि रद्द हुने

एजेन्सी – विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत उपाधि ब्यालोन डी’ओर यस वर्ष नहुने भएको छ । उपाधि दिने फ्रान्स फुटबलले एक विज्ञप्ति जारि गर्दै यस वर्ष उपाधि रद्द गरिने जनाएको छ । पछिल्लो दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले वर्चस्व जमाउँदै आएको यस उपाधि सन् १९५६ यता पहिलो पटक रद्द भएको हो । आयोजकले उपाधि विजेता […]

61 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत उपाधि ब्यालोन डी’ओर यस वर्ष नहुने भएको छ । उपाधि दिने फ्रान्स फुटबलले एक विज्ञप्ति जारि गर्दै यस वर्ष उपाधि रद्द गरिने जनाएको छ ।

पछिल्लो दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले वर्चस्व जमाउँदै आएको यस उपाधि सन् १९५६ यता पहिलो पटक रद्द भएको हो । आयोजकले उपाधि विजेता घोषणा गर्न आवश्यक रहेको आधारहरु न्यायोचित रुपमा पर्याप्त नरहेको बताउँदै रद्द गर्ने निर्णय लिएको जनाएको छ । कोरोना संक्रमणका कारण केहि लिग रद्द हुँदा केहि लिग छोटो समयमा धेरै खेल गरेर समापन गरिएको छ ।

यस वर्ष उपाधि विजेता घोषणा नहुने भएपछि गतवर्षको विजेताले नै एक वर्षसम्म उक्त उपाधि राख्न पाउनेछन् । गतवर्ष बार्सिलोनाका कप्तान मेस्सी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका थिए । अमेरिकाकी मेगन रापिनो उत्कृष्ट महिला खेलाडी बनेकी थिइन् । नेदरल्यान्ड तथा युभेन्टसका म्यथिस डे लिग्ट उत्कृष्ट युवा खेलाडी र लिभरपुल तथा ब्राजिलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक भएका थिए ।

यस वर्ष पनि विगतझैं मेस्सी र रोनाल्डो उपाधिको लागि दावेदारमा थिए । यी दुईसँगै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र म्यानचेस्टर सिटीका केभिन डे ब्रुएनलाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो । यस वर्ष उपाधि विजेता घोषणा नहुने भएसँगै मेस्सी र रोनाल्डोबीच उपाधि संख्याको प्रतिस्पर्धामा रोनाल्डो ५ उपाधिसहित मेस्सीको छैटौं उपाधिलाई पछ्याइरहेका हुनेछन् ।

ब्यालोन डी’ओर आयोजकले यस उपाधि उत्कृष्टता मात्र नभएर एक उदाहरण, एकता र जिम्मेवारी वहन गर्ने व्यक्तित्वको प्रतिनिधित्व गर्ने बताएको छ । त्यसैले पनि बिकराल परिस्थितिमा उपाधि घोषणा गर्नु उचित नरहने फ्रान्स फुटबलले जनाएको छ ।

May 1, 2024

फुटबल टोली आज इङ्ल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति‌ इङ्ल्यान्ड त्यसतर्फ जाने भएको छ। इङ्ल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको‌ भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले […]

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

Success

Thank you for your time.