5 years ago
July 21, 2020
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा कीर्तिमानी गोल गरेपछि युभेन्टसले लाजियोलाई पराजित गरेको छ । टुरिनमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदान टुरिनमा सोमबार राति भएको खेलमा सातौ मिनेटमा युभेन्टसले पहिलो आक्रमण बुनेको थियो । डगलस कोस्टाको प्रहारलाई लाजियोका गोलरक्षक थोमसले सहजै नियन्त्रणमा लिएका थिए । १०औं मिनेटमा फ्रिकिकमा आएको बललाई म्याथ्थिज डि लेग्टले भलीमार्फत दिएको पासलाई एलेक्स सान्द्रोले गरेको प्रहार पोस्टमा लाग्दै बाहिरिदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो ।
३१औं मिनेटमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला गोलनजिक पुगेर पनि चुके । ४३औं मिनेटमा लाजियोका सिरो इम्मोवाइलको २५ यार्ड टाढाको प्रहार पोस्टमा लाग्दै बाहिरिद लाजियोले पनि अग्रता लिने अवसर खेर फालेको थियो । दोस्रो हाफमा पनि घरेलु टोलीले शुरुवातदेखि नै लाजियोमाथि दवाव सिर्जना गरेको थियो । ४६औं मिनेटमा पाउलो डिबालाले लाजियोका केही डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई रोनाल्डोले भेट्टाउन सकेनन् ।

४७औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो । रोनाल्डोको प्रहार लाजियोको डिफेन्डर बास्टोसले ह्यान्ड गरेपछि शुरुवातमा फ्रिकिक दिएपनि भिएआरको सहायतामा युभेन्टसले पेनाल्टी पाएको थियो । जसलाई रोनाल्डोको ५१औं मिनेटमा सदुपयोग गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि पाउलो डिबालाको पासमा गोल गर्दै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई खेलमा २–० ले अघि बढाए ।
यो सिजन सिरी ‘ए’ मा ३० गोल पुर्याएका रोनाल्डो लाजियोविरुद्ध दुई गोल गरेपछि प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’ मा ५० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले प्रिमियर लिगमा ८४, ला लिगामा ३११ र सिरी ‘ए’ मा ५१ गोल गरेका छन् ।

६५औं मिनेटमा डिबालाको प्रहार क्रसबारमा लागेर फर्कदा बास्टोसले क्लियर गरेको बललाई रोनाल्डोले हेडर प्रयास गरेपनि क्रसबारबाट थोरै बाहिरिदा रोनाल्डो ह्याट्रिकबाट चुके । ८३औं मिनेटमा लाजियोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । लियोनार्दाे बोनुचीले सिरो इम्मोवाइललाई पेनाल्टी बक्समा फउल गरेपछि प्राप्त पेनाल्टीमा सिरो आफैले गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो ।
लाजियोमाथिको जितसँगै युभेन्टस लगातार नवौंपटक सिरी ‘ए’ को उपाधितर्फ लम्किएको छ । युभेन्टसको ३४ खेलबाट ८० अंक पुगेको छ । जुन दोस्रो स्थानको इन्टर मिलानको भन्दा ८ अंकले बढी हो । पराजित लाजियो ६९ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]