5 years ago
July 21, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन र वल्भ्स विजयी भएका छन् । एभर्टनले सेफिल्ड युनाइटेडलाई तथा वल्भ्सले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो ।

एभर्टको जितमा ब्राजिली रिचार्लीसनले दोस्रो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्यो । रिचार्लीसनले ४६औं मिनेटमा गिल्फी सिगुडसनको पासमा गोल गरेका थिए । जितपछि एभर्टन ३७ खेलबाट ४९ अंक जोडेर ११औं स्थानमा उक्लिन सफल भएको छ । पराजित सेफिल्ड ५४ अंकसहित आठौं स्थानमा यथावत छ ।
यस्तै अर्काे खेलमा वल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ । वल्भ्सको जितमा ड्यानिल पोडेन्स र जोनीले गोल गरे । जितपछि वल्भ्स ५९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । वल्भ्सले टोटेनहम हस्टपुरलाई एक अंकले पछि पार्दै शीर्ष ६ मा रहेर अर्काे सिजनको युरोपा लिगको छनोट खेल खेल्ने सम्भावना जीवितै राखेको हो । पराजित क्रिस्टल प्यालेस ४२ अंक जोडेर १४औं स्थानमा यथावत छ ।

यस्तै अर्काे खेलमा ब्राइटन र न्युक्यासल युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडे । बराबरीपछि न्युक्यासल ४४ अंक जोडेर १३औं स्थनमा यथावत रहँदा ब्राइटन ३८ अंक जोडेर १५औं स्थानमा यथावत छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]