5 years ago
July 21, 2020
एजेन्सी – पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो ३५ वर्षको भइसक्दा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । रोनाल्डोले आफ्नो सफल करीअरमा सोमबार अर्को दुर्लभ उपलब्धि हासिल गरेका छन् ।

इटालियन सिरी ‘ए’ अन्तर्गत लाजियोविरुद्धको खेलमा दुई गोल पुरा गरेसँगै रोनाल्डो तीन फरक लिग (प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’) मा ५० गोल गर्ने पहिलो र एक्ला खेलाडी बन्दै नयाँ कीर्तिमान बनाएका हुन् । यस्तै रोनाल्डो १९९५ पछि सिरी ‘ए’ मा छिटो ५० गोल गर्ने खेलाडीसमेत बनेका छन् ।
रोनाल्डोले प्रिमियर लिगमा ८४, ला लिगामा ३११ र सिरी ‘ए’ मा ५१ गोल गरेका छन् । २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन २१ गोल र यो सिजन ३० गोल गरेका छन् ।
यस्तै ३५ वर्षे रोनाल्डोले यो सिजन सिरी ‘ए’ मा पेनाल्टीमार्फत १२ गोल गर्दै १९९४–९५ को सिजनमा जिसेप्पे सिग्नोरीले राखेको कीर्तिमानलाई समेत बराबरी गरेका छन् । रोनाल्डोले सोमबार लाजियोविरुद्ध पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।

६ सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा बिताएका रोनाल्डोले प्रिमियर लिगमा २९२ खेलमा ११८ गोल गरेका थिए । ९ सिजन रियलमा बिताएका रोनाल्डोले ४३८ खेलमा ४५० गोल गरे । उनी रियल म्याड्रिडका सर्वाधिक गोलकर्तासमेत हुन् ।
रोनाल्डोले पोर्चुगलका लागि ९९ गोल गरेका छन् । उनी आफ्नो राष्ट्रका लागि गोल गर्नेको सुचीमा इरानका अली दाई (१०९) भन्दा मात्रै पछि छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]