default_image

5 years ago

July 21, 2020

जो ब्यालोन डी’ओरका दाबेदार थिए

161 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलकै प्रतिष्ठित व्यक्तिगत उपाधि ब्यालोन डी’ओर यस वर्ष नहुने भएसँगै त्यसलाई लिएर अनेक टिका टिप्पणी हुन थालेका छन् । उपाधि दिने फ्रान्स फुटबलले सोमबार एक विज्ञप्ति जारि गर्दै यस वर्ष उपाधि रद्द गरिने जनाएको हो ।

पछिल्लो दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले वर्चस्व जमाउँदै आएको यस उपाधि सन् १९५६ यता पहिलो पटक रद्द भएको हो । आयोजकले उपाधि विजेता घोषणा गर्न आवश्यक रहेको आधारहरु न्यायोचित रुपमा पर्याप्त नरहेको बताउँदै रद्द गर्ने निर्णय लिएको जनाएको छ । कोरोना संक्रमणका कारण केहि लिग रद्द हुँदा केहि लिग छोटो समयमा धेरै खेल गरेर समापन गरिएको छ ।

यस वर्ष उपाधि विजेता घोषणा नहुने भएपछि गतवर्षको विजेताले नै एक वर्षसम्म उक्त उपाधि राख्न पाउनेछन् । गतवर्ष बार्सिलोनाका कप्तान मेस्सी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका थिए । अमेरिकाकी मेगन रापिनो उत्कृष्ट महिला खेलाडी बनेकी थिइन् । नेदरल्यान्ड तथा युभेन्टसका म्यथिस डे लिग्ट उत्कृष्ट युवा खेलाडी र लिभरपुल तथा ब्राजिलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक भएका थिए ।

यस वर्ष पनि विगतझैं मेस्सी र रोनाल्डो उपाधिको लागि दावेदारमा थिए । यी दुईसँगै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र म्यानचेस्टर सिटीका केभिन डे ब्रुएनलाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो । रियल म्याड्रिडका सर्जियो रामोस र करीम बेन्जेमा पनि दाबेदारका रुपमा अगाडी आएका थिए । हेरौं दाबेदार रहेका खेलाडीको प्रदर्शन :

लिओनेल मेस्सी :

मेस्सीका लागि व्यक्तिगत रुपमा यस सिजन पछिल्ला सिजनजस्तो रहन सकेन । बार्सिलोनालाई यस सिजन कुनै उपाधि दिलाउन नसकेका मेस्सीको अन्तिम आशा च्याम्पियन्स लिगमा टिकेको छ । उनले लिगमा २५ गोल गर्दै पिचिची ट्रफी जितेका थिए । सँगसँगै २१ असिस्ट प्रदान गर्दै लिग इतिहासमै सर्वोत्कृष्ट प्रदर्शन समेत गरे ।

क्रिस्टियानो रोनाल्डो :

सिजनको सुरुवातमा कमजोर प्रदर्शन गरेसँगै रोनाल्डोको करिअरबारे प्रश्न गर्ने धेरै थिए । कतिपयले रोनाल्डोको अवसान सुरु भएको लख समेत काटे । तर रोनाल्डोले उत्कृष्ट पुनरागमन गर्दै सबै आलोचकको मुख थुने । कोरोनापछि लगातार गोल गर्दै आएका रोनाल्डोले लिगमा ३० गोल पार गरिसकेका छन् । अझै लिगका खेल बाँकी रहेकाले उनले युरोपेली गोल्डेन बुट समेत जित्ने सम्भावना छ ।

रोबर्ट लेवान्डोस्की :

यसपटक उपाधिका सबैभन्दा बलियो दाबेदारका रुपमा लेवान्डोस्की दरिएका थिए । बायर्न म्युनिखलाई जर्मन लिग उपाधि दिलाउन उनको भूमिका महत्त्वपूर्ण थियो । उनले लिगमा ३४ गोल गर्दै कीर्तिमान समेत कायम गरे । च्याम्पियन्स लिगमा बायर्नले गरिरहेको प्रदर्शनलाई उनले फाइनलसम्म निरन्तर राख्न सके उनको उपाधि पक्काजस्तै थियो ।

केभीन डे ब्रुएन :

म्यान्चेस्टर सिटीको मिडफिल्डमा गोल र असिस्ट निकालिरहेका बेल्जियन मिडफिल्डरले आफ्नो प्रदर्शनमा एकरुपता देखाइरहेका छन् । उनले प्रिमियर लिगमा १८ असिस्ट प्रदान गरिसकेका छन् । लिभरपुलले प्रिमियर लिग उपाधि जितेपनि उनलाई वर्ष खेलाडी बन्नबाट रोक्ने देखिंदैन । च्याम्पियन्स लिगमा सिटी अझै कायम रहेकाले पनि उनलाई दाबेदारको रुपमा हेरिएको हो ।

सर्जियो रामोस र करीम बेन्जेमा :

रामोस र बेन्जेमाको जोडीले बार्सिलोनालाई स्तब्ध पार्दै ला लिगा उपाधि जित्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो । बेन्जेमाले आक्रमणमा गोल र असिस्ट दिंदा रामोसले डिफेन्स सम्हाल्दै केहि गोल समेत गरे । कोरोनापछि लगातार ११ खेल अपराजित रहेको रियललाई यी दुईले उर्जा दिएर लिग उपाधिसम्म पुर्याए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.