default_image

5 years ago

July 21, 2020

जिदानको रोजाइमा नपरेका बेल म्याड्रिडमै रहने

118 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडलाई अबको खेलाडी सरुवा बजारमा नयाँ खेलाडी लिनका लागि चुनौति नै छ । त्यस्तै भएका खेलाडी विक्री गर्न पनि टोलीलाई सहज हुने छैन ।

यस्तोमा प्रशिक्षक जिनेदिन जिदानले नरुचाएका ग्यारेथ बेल भने क्लब छाड्न इच्छुक नरहेको उनका एजेन्ट जोनाथन बार्नेटले बताएका छन् । रियल ला लिगा च्याम्पियन बन्दा पनि बेलले भने टोलीमा खासै महत्व पाएनन् । टोलीको सफलतामा उनी पनि मजाले खल्न सकेनन् ।

फ्रान्सेली प्रशिक्षकले सिजनभर बेललाई खासै महत्व दिएनन् । सायद उनी टोलीको सफलताको श्रेय उनलाई दिन इच्छुक थिएनन् । टोटेनह्याममा पूर्व फरवार्ड गत वर्षको समनमा चीन जाने सम्भावना बढेको थियो । तर, बेल आफनै भने त्यहाँ जान चाहेनन् । प्रशिक्षकको रोजाईमा पर्न नसकेपछि उनले क्लब छोड्ने इच्छा देखाएनन् ।

उनलाई प्रशिक्षकले मौका देलान् भन्ने आशा भएपनि त्यो पुरा हुन सकेन । त्यसपछि उनी चोटग्रस्त भए । जसले गर्दा उनी लामो समय विश्राममा बसे । त्यति बेला पनि उनी विभिन्न कारणले चर्चा भने रहि रहे । जसमा गल्फ खेल्नु एक थियो ।

‘कोडिभ १९ कारण लामो समय स्थगित भएर ला लिगा सुरु हुँदा पनि उनी जिदानको प्राथमिकतामा पर्न सकेनन् । पहिलो रोजाईमा मात्र होइन उनी परिवर्तित खेलाडीका रुपमा पनि प्रयोग भएनन् ।
जिदान बेललाई प्रशिक्षण गर्न चाहँदैनन् । तर उनको सम्झौता क्लबसँग अझै २ वर्ष बाँकी छ’, बार्नेटले भने, ‘उनी म्याड्रिडमा खुसी छन् । त्यसैले उनी कतै जादैनन् ।’

‘बार्नेटले बेलको सम्बन्ध अन्य खेलाडीसँग राम्रो रहेको उल्लेख गर्दै यद्दपी उनलाई नखेलाउने निर्णय प्रशिक्षकको भएको पनि बताएका छन् । ‘बेलले त्यस्तो खासै दुख मनाउ गरेका छैनन् । उनले जिदानसँग केहि गुनासो गरेका पनि छैनन्’, उनले थपे, ‘उनी हरेक दिन अभ्यास गरिरहेका छन् । जिदान सफल भएपनि बेललाई प्रयोग गर्न चाहदैनन् ।’

कोभिड १९ का कारण क्लबहरुलाई पनि आर्थिक रुपमा कठिनाई पर्दै आएको छ । आउने २ वर्षमा क्लबले उनलाई १७ मिलियन युरो दिनुपर्नेपर्ने हुन्छ । ‘जिदान त्यति खुसी छैन् । बेल नहुँदा टोलीलाई असर त गर्छ नै । तर पनि उनी छाड्न चाहदैनन्’, उनले भने, ‘अहिलेको अवस्थामा खेलाडीहरु क्लब छाडेर जाने अवस्था छैन । बेल विश्वका उत्कृष्ट खेलाडी मध्येका एक हुन् । तर उनी लोनमा जान चाहदैनन् । अहिले उनलाई लिन सक्ने क्षमता भएका धेरै टोली छ्रनन् ।’

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.