5 years ago
July 21, 2020
एजेन्सी – पोर्चुगलका युवा स्टार जोआओ फेलिक्सका लागि एटलेटिको म्याड्रिडमा पहिलो सिजन उतारचढावले भरिपूर्ण रहयो ।

२० वर्षीय फरवार्डले कुनै समय उच्च प्रदर्शन गर्दै आफ्नो क्षमता अनुसार प्रदर्शन गर्दै समर्थकलाई हर्षित तुल्याए । तर कुनैबेला भने उनको प्रदर्शन बिर्सनलायक पनि रहयो । फेलिक्स मोटो रकममा आएका कारण पनि समर्थकले निरन्तर उनीबाट एकै किसिमको प्रदर्शन अपेक्षा गरेका छन् । तर चोटको समस्या, कलिलो उमेर र ठूलो लिग भएका कारण उनलाई केहि समय पक्कै लाग्नेछ ।
सार्वजनिक गर्दाको क्षण
सिजनको सुरुवातमा उनलाई क्लबमा सार्वजनिक गर्दा कार्यक्रममा क्लबका लेजेन्ड पाउलो फुत्रे र एन्रिका कोलर साथमा थिए । त्यसबेला फेलिक्सले आफूलाई कुनै दबाब नरहेको बताएका थिए । उनले ट्रान्सफर रकम निकै ठूलो भएपनि त्यसलाई बिर्सेर मात्र फुटबल खेल्नेमा आफ्नो ध्यान रहेको बताएका थिए ।
सुरुवातमै खतराको घन्टी
फेलिक्सले डेब्यु खेलको सुरुवात समयमा नै आफ्नो कौशल देखाउँदै समर्थकहरुलाई खुसी बनाएका थिए । तर उक्त खुसी लामो समय टिकेन । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा २८ मिनेट नबित्दै खुट्टामा चोट बोकेपछि उनले मैदान छोड्नुपर्यो । त्यसले पनि उनको लागि पहिलो सिजन सहज नहुने आँकलन गरिएको थियो ।

छिमेकी रियलविरुद्ध जित
पहिलो खेलमै चोट लागेपनि विस्तृत परिक्षणमा सामान्य समस्या देखिएपछि उनि चाडैं मैदान फर्किए । छिमेकि प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध भएको मैत्रीपूर्ण खेलमा फेलिक्सले आफ्नो स्तरअनुसार प्रदर्शन गरे । उनको एक गोल र दुई असिस्टको मदतले एटलेटिको ७-३ ले विजयी रहयो । समर्थकले क्लब छाडेर गएका एन्टोइन ग्रिजमनजको उत्तराधिकारीका रुपमा उनलाई हेर्न थाले ।
शंका
एटलेटिकोले लिगमा सुखद सुरुवात गरेपनि फेलिक्सले आफ्नो लय कायम राख्न सकेनन् । प्रशिक्षक डिएगो सिमिओनीले उनलाई सुरुवातमा पर्याप्त अवसर दिएपनि प्रभाव छाड्न नसक्दा परिवर्तन पनि गरे । बिस्तारै पहिलो रोजाईमा पनि अवसर पातलिन थाल्यो ।

पहिलो गोल
फेलिक्सले प्रतिस्पार्धात्मक प्रतियोगितामा प्रभाव छोडेपनि गोल भने ग्गर्ण सकेका थिएनन् । टोलीलाई आवश्यक परेको अवस्थामा उनले एइबारविरुद्ध अन्तत: पहिलो गोल गरे । खेलमा पछाडी परेको एटलेटिकोलाई जित दिलाउन उनले गोल मात्र गरेनन्, प्रदर्शन पनि राम्रो रहयो । त्यसले उनको मनोबल उच्च हुँदै समर्थकले पनि पुन: आशा जगाए ।
आदर्श रोनाल्डोसँग खेल
फेलिक्सले आफ्नो आदर्श खेलाडी क्रिस्टियानो रोनाल्डो रहेको सार्वजनिक रुपमै बताएका छन् । सन् २०१८-१९ च्याम्पियन्स लिगको समूह चरणमा यी दुई खेलाडी आमनेसामने भए । गत सिजन एटलेटिकोलाई युभेन्टसले नै पराजित गरेको थियो । फेलिक्स पहिलो पटक औपचारिक प्रतियोगितामा आफ्नो आदर्श खेलाडीविरुद्ध उत्रिएका थिए ।

डर्बीमा फितलो
फेलिक्सले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा रियलविरुद्ध सानदार प्रदर्शन गरेका थिए । तर लिगको खेलमा भने फेलिक्सले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अर्को डर्बी खेल भने उनले चोटका कारण गुमाएका थिए ।
चोट
जारी सिजन फेलिक्सले ४ पटक चोट बोकिसकेका छन् । उनको खेल्ने शैलीका कारण पनि विपक्षी खेलाडीले धेरै ट्याकल गर्ने हुँदा उनी मारमा पर्ने गरेका छन् । जारि सिजन एकैपटक लगातार ६ खेलसम्म गुमाएका उनले चोटका कारण एकरूपको प्रदर्शन दिन सकेका छैनन् ।
गोल्डेन ब्वाई
सिजनको सुरुवातसँगै फेलिक्सले युरोपको उत्कृष्ट युवा खेलाडीका रुपमा प्राप्त गर्ने युरोपेली गोल्डेन ब्वाई अवार्ड २०१९ पाएका थिए । उनले यसक्रममा जेडन सान्चो र काइ हाभर्टजलाई पछि पारेका थिए । सान्चो र हाभर्ट्ज दुवैले यस सिजन उच्च प्रदर्शन गर्दा फेलिक्स भने त्यसमा सफल भएनन् ।
साउदीमा शक्ति प्रदर्शन
स्पेनिस सुपरकपमा फेलिक्सको अर्को रुप पनि देखियो । त्यसबेला स्पेनिस च्याम्पियन रहेको बार्सिलोनाविरुद्ध फेलिक्सले लिओनेल मेस्सीसँग आमनेसामने हुँदा कुनै दबाब नरहेको प्रष्ट देखाए । उनलाई बार्सिलोनाको पुरै टोलीले आक्रामक रुपमा उत्रंदा पनि सालिन भएर सामना गरे । एटलेटिकोले फाइनल यात्रा तय गर्दा प्रशिक्षक सिमिओनीले फेलिक्सको खुलेर प्रशंसा गरे ।

पुनरागमन
कोरोनाका कारण लिग स्थगित हुनुअघि फेलिक्स पुन: लयमा फर्केको संकेत दिन थालिसकेका थिए । भिल्लारियलविरुद्ध चोटबाट फर्केको खेलमा उनले म्यान अफ द म्याच पाउने क्रममा गोल पनि गरे । टोलीका अन्य सदस्य र प्रशिक्षकले पनि उनको प्रदर्शनको प्रशंसा गरेका थिए ।
थप पिडा
रियल मालोर्काविरुद्ध खेलमा चोट बोकेपछि फेलिक्सलाई थप तनाब बढेको थियो । उनलाई खेलमा परिवर्तन नै गर्नुपर्ने अवस्था आएपछि उनले आफ्नो असन्तुष्टि पनि व्यक्त गरेका थिए । लकडाउनपछि लिगमा केहि खेलमा उच्च प्रदर्शन गरेका फेलिक्सले केहिमा भने औसत खेल देखाएका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]