5 years ago
July 21, 2020
काठमाडौं (हाम्रो खेलकुद)– फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत घरेलु मैदानमा हुने खेलको तयारीका लागि राष्ट्रिय टोलीको प्रशिक्षण भदौ १ गतेदेखि सुरु गर्न बाटो खुलेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी सुरु गर्न भदौ १ बाट पाइने जानकारी दिएका हुन् । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले जुलाईमा राष्ट्रिय फुटबल टोलीको तयारी सुरु गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार एन्फाले राखेपलाई पत्राचार गर्दै युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सम्बन्धित अन्य निकायबाट अनुमति लिन प्रयास गरेको थियो ।
राष्ट्रिय टोलीको प्रशिक्षणअघि खेलाडीहरुको पिसिआर परिक्षण लगायत अन्य सतर्कता अपनाइने टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । एसियाली फुटबल महासंघ (एएफसी) ले असोज २२ गते विश्व कप छनोटको स्थगित खेल्ने यसअघि नै जानकारी गराइसकेको छ । विश्वभर महामारीको रुप लिइरहेको कोभिड १९ का कारण चैतमा हुनु पर्ने विश्व कप छनोट स्थगित भएको थियो । नेपालले विश्व कप छनोटका अब ३ वटा खेल खेल्न बाँकी छ । ती सबै खेल दशरथ रंगशालामा हुनेछन् ।

तयारी र अन्य विषयमा छलफल गर्न खेलाडी, प्रशिक्षक र सम्बन्धित व्यक्तिहरुबीच अनलाइन बैठक बसेर छलफल भइसकेको एन्फाले जनाएको छ । छलफलका क्रममा खेलाडीले चाडो भन्दा चाडो विश्व कप छनोटका लागि तयारी थाल्न सुझाव दिएका थिए । यस्तै स्वास्थ्य समितिसँग पनि एन्फाले प्रशिक्षण प्रक्रिया कसरि अघि बढाउने भन्ने विषयमा छलफल गरिसकेको छ ।
छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ । सुरुवात पांच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ । पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ ।
नेपालले पछिल्लो पटक घरेलु मैदान तयार नहुँदा कुवेतसँगको खेल भुटानको चाङलिमिथाङ मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो । त्यसअघि खेलेका ४ अवे खेलमध्ये नेपालले चाइनिज ताइपेइको मैदानमा २-० को जित हासिल गरेको थियो । उक्त जितमा दुवै गोल अन्जन विष्टले गरेका थिए ।
नेपालले पहिलो खेलमा कुवेतको मैदानमा ७-० को हार बेहोरेको थियो । दोस्रो खेलमा जित दर्ता गरेपछि अष्ट्रेलिया पुगेको नेपाली टोलीले त्यहाँ ५-० को हार बेहोरेको थियो । चौथो खेलमा नेपाल जोर्डनको मैदानमा ३-० ले पराजित भएको थियो । अब नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्ने कार्यक्रम रहेको छ ।

नयाँ खेल तालिका अनुसार नेपालले असोज २२ (८ अक्टोबर)मा चाइनिज ताइपेइसँग खेल्नेछ भने अष्ट्रेलियासँग त्यसको पाँच दिन पछि (असोज २७ गते) प्रतिस्पर्धा गर्नेछ । २७ कार्तिक (१२ नोभेम्बर)मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ ।
पाँच राष्ट्र सम्मिलित समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा सहभागी हुन पाउनेछ । दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपमा अगाडी बढ्नेछन् भने तेस्रो स्थानसम्मका टोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछन् । समूहको उत्कृष्ट ४ चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्दा बाँकी टोलीले उक्त छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।
हालसम्मको नतिजा हेर्दा नेपाल एसियन कप छनोटका लागि प्लेअफ खेल्नुपर्ने स्थितिमा छ । नेपालले बाँकी तीन खेलमा भने सुखद नतिजा हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालले महाभूकम्पका कारण रंगशाला बिग्रीएपछि अन्तर्राष्ट्रिय मान्यताप्राप्त फिफाको खेल खेलेको छैन ।
नेपाल रहेको समूह ‘बी’मा अष्ट्रेलिया ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक रहेको छ । नेपाल ३ अंकसहित चौथो स्थान तथा अंकविहिन चाइनिज ताइपेइ अंकविहिन रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]