5 years ago
July 22, 2020
एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सस्सुलोमाथि झिनो जित निकाल्दा अर्काे खेलमा एटलान्टाले बोलोग्नालाई १–० ले हराएको छ ।

मिलानले घरेलु टोलीमाथि २–१ को जित निकालेको हो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । मंगलबार राति भएको खेलको १९औं मिनेटमा इभ्राहिमोभिचले हाकान कालहानोग्लुको पासमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
४२औं मिनेटमा सस्सुलोका फ्रान्सिस्को कपुटोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गर्दै मिलानलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । उनले हाकानकै पासमा गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा घरेलु टोली सस्सुलो १० खेलाडीमा समेटियो । सस्सुलोका मेदी बौरएविया दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
घरेलु टोली १० खेलाडीमा समेटिएपनि मिलानले दोस्रो हाफमा थप गोल गर्न सकेन । पहिलो हाफको नतिजा नै मिलानको जितमा पर्याप्त बन्यो । जितपछि मिलान ३५ खेलबाट ५९ अंक जोडेर पाँचौ स्थानमा उक्लदा सस्सुलो ४८ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ ।

यस्तै अर्काे खेलमा यो सिजन उच्च प्रदर्शन गरिरहेको एटलान्टाले बोलोग्नामाथि १–० को कठिन जित निकालेको छ । एटलान्टाको जितमा ६२औं मिनेटमा लुइस मुरिएलले गरेको गोल नै निर्णायक बन्यो । उनी दोस्रो हाफको शुरुमै मारियो पासालिसको स्थानमा मैदान प्रवेश गरेका थिए ।
जितपछि एटलान्टाले एक खेल कम खेलेको इन्टर मिलानलाई दुई अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । एटलान्टाको ७४ तथा इन्टरको ७२ अंक छ । बोलोग्ना ४३ अंक जोडेर १०औं स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]