काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबले एएफसी कप छनोटको अघिल्लो चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । छनोट प्ले अफको पहिलो खेलमा थ्री स्टारले आइतबार मंगोलियाको घरेलु टोली इर्चिम फुटबल क्लबलाई २–० ले हराएको छ ।
थ्री स्टारको जितमा विदेशी खेलाडी मार्टिन र कप्तान विक्रम लामाले गोल गरे । मार्टिनले १३ औं र विक्रमले ७६ औं मिनेटमा गोल गरेको थिए ।
समूह बीमा रहेको थ्री स्टारले मंगलबार कम्बोडियाको नागावल्र्ड क्लबसँग खेल्नेछ । एएफसी कपमा नेपालको कुनै पनि क्लबले भाग लिएको यो पहिलो पटक हो । यो प्रतियोगिता केही बर्षअघि सम्म एएफसी प्रेसिडेन्ट्स कपको साममा सञ्चालन हुँदै आएको थियो ।