default_image

4 years ago

July 26, 2020

युभेन्टसलाई च्याम्पियन बन्ने अवसर

51 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति ३६औं चरणका विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधिनजिक रहेको युभेन्टसले घरेलु मैदानमा साम्पडोरियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ ।

यो खेलमा जित हात पारे युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ को च्याम्पियन बन्नेछ । अघिल्लो खेल उडिनेजेविरुद्धको खेलबाटै च्याम्पियन बन्न सक्ने भएपनि पराजित भएपछि युभेन्टसले अर्काे खेल कुर्नुपर्ने भएको हो । युभेन्टस च्याम्पियन बन्ने लक्ष्यसहित घरेलु मैदान अलिआन्ज एरिनामा उत्रनेछ । मौरिसियो सार्रीको प्रशिक्षणमा पहिलो उपाधि नजिक रहेको युभेन्टस लगातार नवौं सिजन सिरी ‘ए’ च्याम्पियन बन्ने दाउमा हुनेछ ।

युभेन्टस ३५ खेलबाट ८० अंक जोडेर शीर्षस्थानमा रहेको छ । ३६ खेलबाट ७६ अंक जोडेर इन्टर मिलानले युभेन्टसलाई दवाव बढाइरहेको छ । स्पष्ट चार अंकको अग्रतामा रहेको युभेन्टसले साम्पडोरियामाथि जित निकाल्न सके इन्टर मिलानलाई ७ अंकले पछि पार्दै दुई खेल बाँकी छदै च्याम्पियन बन्न सक्नेछ ।

साम्पडोरियाविरुद्ध स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चर्काे दवावमा हुनेछन् । गोल्डेन बुटको दौडमा रहेको रोनाल्डोमाथि बढी भन्दा बढी गोल गर्न दवावमा रहनेछ । रोनाल्डो भन्दा अघि जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की (३४) र सिरी ‘ए’ क्लब लाजियोका सिरो इम्मोबाइल (३१) छन् । रोनाल्डोको ३० गोल छ । रोनाल्डो बाँकी रहेको तीन खेलबाट बढी भन्दा बढी गोल गर्दै युरोपियन गोल्डेन बुट हत्याउने दाउमा छन् ।

अन्य खेल

बोलोग्नाविरुद्ध लेच्चे (राति ९ः०० बजे)

काग्लिएरीविरुद्ध उडिनेजे (राति ११ः१५ बजे)

हेलास भेरोनाविरुद्ध लाजियो (राति ११ः१५ बजे)

रोमाविरुद्ध फियोरेन्टिना (राति ११ः१५ बजे)

एस्पालविरुद्ध टोरिनो (राति ११ः१५ बजे)

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.