default_image

4 years ago

July 27, 2020

लिभरपुल र सिटीको सहज जित

19 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको सिजनको अन्तिम खेलमा च्याम्पियन लिभरपुल र दोस्रो भएको म्यानचेस्टर सिटीले सहज जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ ।

च्याम्पियन लिभरपुलले न्युक्यासलमाथि ३–१ को पूनरागमन जित निकाल्दा म्यानचेस्टर सिटीले रेलिगेसनमा परेको नर्विच सिटीमाथि ५–० को सानदार जित निकाल्यो ।  खेलको पहिलो मिनेटमा नै डिविट गेलको गोलबाट न्युक्यासलले खेलमा अग्रता बनाएको थियो । तर, न्युक्यासले उक्त अग्रतालाई जोगाउन सकेन ।

३८औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५९औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । ८९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–१ को पूनरागमन जित दिलाए ।

यस्तै अर्काे खेलमा केभिन डि ब्रुयनले दुई तथा ग्याब्रियल जेसस, रहिम स्ट्रलिङ र रियाद महारजेले गोल गरेपछि म्यानचेस्टर सिटीले नर्विच सिटीमाथि ५–० को फराकिलो जित निकाल्यो ।

यो जितले लिभरपुलले शीर्ष स्थानमा १८ अंकको फराकिलो अग्रता लिन सफल भयो । लिभरपुल १ सय अंक बनाउनबाट १ अंकले ९९ तथा सिटीले ८१ अंक जोड्यो ।

अन्य नतिजा

आर्सनलविरुद्ध वाट्फोर्ड (–२)

बर्नलीविरुद्ध ब्राइटन (१–)

चेल्सीविरुद्ध वल्भ्स (–०)

क्रिस्टल प्यालेसविरुद्ध टोटेनहम (१–१)

एभर्टनविरुद्ध बर्नमाउथ (१–)

लेस्टरविरुद्ध म्यानचेस्टर युनाइटेड (०–)

म्यानचेस्टर सिटीविरुद्ध नर्विच सिटी (–०)

न्युक्यासलविरुद्ध लिभरपुल (१–)

साउथह्याम्टनविरुद्ध सेफिल्ड (–१)

वेस्टह्यामविरुद्ध एस्टन भिल्ला (१–१)

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.