default_image

4 years ago

August 1, 2020

किरण अर्थोप्लास्टको ब्रान्ड एम्बेसडर नियुक्त

ललितपुर (हाम्रो खेलकुद)– अर्थोप्लास्टले राष्ट्रिय टोलीको कप्तानी समेत गरिरहेका गोलकिपर किरण चेम्जोङलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । अर्थोप्लास्ट रिह्याबलिटेसन सेन्टरले एक वर्षका लागि उनलाई ब्रान्ड एम्बेसडर बनाएको हो । किरण र अर्थोप्लास्टका प्रबन्ध निर्देशक हरि तामाङबीच ग्वार्कोस्थित अर्थोप्लास्टमा शनिबार सम्झौता पत्रमा हस्ताक्षण भएको हो । सम्झौता अनुसार किरण र उनको परिवारका अन्य सदस्यलाई […]

68 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– अर्थोप्लास्टले राष्ट्रिय टोलीको कप्तानी समेत गरिरहेका गोलकिपर किरण चेम्जोङलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । अर्थोप्लास्ट रिह्याबलिटेसन सेन्टरले एक वर्षका लागि उनलाई ब्रान्ड एम्बेसडर बनाएको हो ।

किरण र अर्थोप्लास्टका प्रबन्ध निर्देशक हरि तामाङबीच ग्वार्कोस्थित अर्थोप्लास्टमा शनिबार सम्झौता पत्रमा हस्ताक्षण भएको हो । सम्झौता अनुसार किरण र उनको परिवारका अन्य सदस्यलाई अर्थोप्लास्टले एक वर्षमा २ लाख रुपैयाँ बराबरको आफ्नो सेवा उपलब्ध गराउने छ । त्यस्तै आफुमार्फत सेवा वा उपचारका लागि किरण वा उनको परिवारको सदस्यलाई अन्यत्र ल्याबमा पठाउँदा ५० प्रतिशत छुटको व्यवस्था पनि अर्थोप्लास्ट गर्ने सम्झौता रहेको बताइएको छ ।

त्यस्तै अर्थोप्लास्ट कुनै पनि खेलका खेलाडीलाई फेजियोथेरापीलागयत अन्य आफ्नो सुविधामा ३० प्रतिशत र राष्ट्रिय खेलाडीको हकमा थप १० प्रतिशत छुट दिने घोषणा पनि गरेको छ । भलिबल खेलाडी प्रतिभा माली र बास्केटबल खेलाडी सविता खड्कापनि घुँडाको शल्यक्रियापछि अर्थोप्लास्टमा फिजियोथेरापी गराइरहेकी छिन् ।

किरण भारतको पन्जाब एफसीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । कोभिड १९ का कारण आइ लिगको पुरा खेल नहुँदै स्थगित भएको थियो । किरण सरकारले चैत ११ गते लकडाउन गर्नु केहि दिन अघि मात्र स्वदेश फर्केका थिए । त्यसता उनी इमाडोलस्थित घरमै रहँदै आएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोजमा घरेलु मैदानमा आयोजना हुने विश्व कप छनोटका भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारी गरिरहेको छ । जसमा किरणसहित ३४ खेलाडी डाकिएका छन् । अधिकांश खेलाडी सम्पर्कमा आइसकेको एन्फाले जनाएको छ ।

काठमाडौं उपत्यकामा घर भएका वा डेरा गरि बस्ने खेलाडीलाई आफ्नैमा र अन्य खेलाडीलाई भने एन्फाले केहि दिन होटलमा राख्ने जनाएको छ । पिसिआर परिक्षण र त्यसको परिणामपछि एन्फाले आफ्नै होस्टलमा खेलाडीलाई क्वारिन्टिन राख्ने जनाएको छ । त्यसपछि मात्र औपचारिक रुपमा टोलीको प्रशिक्षण सुरु हुने बताइएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.