काठमाडौँ(हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी)ले राजधानीमा जारी ‘बि’ डिभिजन लिगमा नयाँबस्ती युवा क्लबलाई २-०ले हराउदै पहिलो जित दर्ता गरेको छ।
खेलको ७०औं मिनेटमा बिपक्षी गोलरक्षक र डिफेन्डरको गल्तीले भएको आत्मघाती गोलले अगाडी बढेको आरसिटिका लागि सौजन राइले ९०औं मिनेटमा दोश्रो गोल थपे।
यस्तै दिनको दोश्रो खेलमा ब्वाइज युनियन क्लबले सातदोबाटो युथ क्लब संग ३-०को हार व्येहोर्यो। रिपू भुलानले दुइ गोल र एक अस्सिस्त गरेपछि सातदोबाटोले ३-०को जित रच्यो। भुलानले २८औं र ७८औं मिनेटमा गोल गरेका थिए भने सरोज थापा मगरको ६८औं मिनेटको होलमा पास दिएका थिए।