default_image

4 years ago

August 2, 2020

इन्टरले एटलान्टालाई हरायो

एजेन्सी – इन्टर मिलानले एटलान्टालाई पराजित गर्दै इटालियन सिरी ‘ए’ मा दोस्रो स्थान पक्का गरेको छ । इन्टरले एटलान्टालाई उसकै मैदानमा २–० को जित निकालेको हो । सिरी ‘ए’ मा दोस्रो हुने दौडमा रहेको खेलमा इन्टरले जित हात पारेपछि एटलान्टालाई ४ अंकले पछि पार्‍यो । शीर्षस्थानको युभेन्टससँग १ अंक दुरी राख्दै सिजनको अन्त्य गर्‍यो । […]

36 views

0 Bookmark

एजेन्सी – इन्टर मिलानले एटलान्टालाई पराजित गर्दै इटालियन सिरी ‘ए’ मा दोस्रो स्थान पक्का गरेको छ । इन्टरले एटलान्टालाई उसकै मैदानमा २–० को जित निकालेको हो ।

सिरी ‘ए’ मा दोस्रो हुने दौडमा रहेको खेलमा इन्टरले जित हात पारेपछि एटलान्टालाई ४ अंकले पछि पार्‍यो । शीर्षस्थानको युभेन्टससँग १ अंक दुरी राख्दै सिजनको अन्त्य गर्‍यो । इन्टरले ३८ खेलबाट ८२ अंक जोड्यो । तेस्रो स्थानमा चिक्त बुझाएको एटलान्टा ७८ अंकमा सीमित बन्यो । शीर्षस्थानको युभेन्टस पनि ८३ अंकमा रोकियो ।

जिविस स्टेडियम बरगामोमा शनिबार राति भएको खेलमा इन्टरको जितमा ड्यानिलो डि एम्ब्रुसो र एस्ले योङले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको पहिलो मिनेटमा नै एम्ब्रुसोको गोलबाट इन्टरले खेलमा अग्रता बनाएको थियो । एस्ले योङको क्रसमा अनमार्क रहेका एम्ब्रुसोको बाउन्स हेडर एटलान्टाका गोलरक्षक गोलिनीले रोक्न सकेनन् ।

२०औं मिनेटमा रोवर्टाे गाग्लियरडिनीको पासमा एस्ले योङले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा एटलान्टाका कप्तान एलजान्द्रो गोमेजले अग्रता छोट्याउने अवसर गुमाए । ५४औं मिनेटमा गोमेजले नै अर्काे अवसर खेर फाले । ८३औं मिनेटमा एटलान्टाका रोविन गोसेन्सले अर्काे अवसर खेर फाल्यो । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो ।

इन्टरसँगको हारसँगै एटलान्टाको अपराजित यात्रामा पुर्णविराम लागेको छ । एटलान्टा पछिल्लो १९ खेलमा अपराजित रहेको थियो । २१ जनवरीमा एस्पालसँग २–१ ले पराजित भएयता एटलान्टा अपराजित रहेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.