9 years ago
August 22, 2016
नवीन लुईटेल/ एनएसजेएफ
एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्यिपयन रुस्लान थ्रिस्टार क्लबले मंगलबार कम्बोडियाको नागाबल्र्ड क्लबसँग खेल्दै छ ।
मंगोलियाको उलानबटारमा जारी खेल नेपाली समय अनुसार दिउँसोको पौने ३ बजे मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा हुनेछ । थ्रिस्टारले पहिलो खेलमा मंगोलियाकै एर्चिम क्लबलाई उसकै घरेलु मैदानमा २–० को जित निकालेको थियो ।

समुह बि को यो छनौट प्रतियोगितामा थ्रिस्टार ३ अंक सहित पहिलो स्थानमा छ । शिर्ष स्थानमा भएको हुनाले थ्रिस्टारको अर्को चरणमा जाने संभावना बढि छ । तैपनी विपक्षीलाई कमजोर मानेर लिन नहुने कप्तान विक्रम लामा बताउछन् । नागावल्र्डसँगको खेलमा पुरा शक्ति लगाएर खेलेमा राम्रो नतिजा आउनेमा कुनै दुई मत नै नहुने उनको विश्वास छ । “विपक्षी जस्तो सुकै भएपनि कमजोर मान्न हुन्न ” , उनले भने , ” हामी खेलाडीहरुको टिम स्प्रीट राम्रो छ , आशा छ हामीले राम्रो नतिजा अवश्य दिनेछौँ “।
थ्रिस्टारले एर्चिमसँगको पहिलो खेलमा सुरुवाती १० मिनेट प्रतिद्धन्द्धिको खेल बुझ्ने कोसीस गरेको थियो । जसका कारण पहिलो हाफको १५ मिनेट पछि र दोस्रो हाफमा थ्रिस्टारले राम्रो खेल्न सक्यो ।
पहिलो खेलकै रणनिती दोहोर्याउने पक्षमा मुख्य प्रशिक्षक मेघराज केसी रहेका छन् । “एर्चिमसँगको खेलमा जस्तै सुरुको १०–१५ मिनेट हामी उनीहरुको खेल हेर्छौ किनभने हाम्रा लागी नागाबल्र्ड टिम नौलो हो , त्यत्ति बुझेपछि हामीलाई कमजोरी र बलियो पक्ष थाहा हुन्छ र खेलको रणनिती हामी बुन्छौ “, उनले भने ।
उता कम्बोडियाको क्लब नागाबल्र्डका प्रमुख प्रशिक्षक मियास चानाले पर्याप्त तयारी गरेर टोली मंगोलिया आएको बताए। ” हामीले तयारी राम्रै गरेका छौँ “, उनले भने , “टिमले राम्रो प्रर्दशन गर्नेछ “।
कप्तान सोक रिथीले आफ्नो टिमका खेलाडीका लागी मौसमले साथ नदिएको गुनासो गरे । हाम्रो देशमा भन्दा यहाा धेरै जाडो छ , उनले भने , जाडो भएपनि हामी खेलमा फोकस भएर राम्रो नतिजा दिन्छौँ ।
मंगलबारको खेलमा थ्रिस्टार विजयी भए , स्वत एएफसी कप फुटबलको अर्को चरणमा पुग्नेछ भने अन्य नतिजा आएमा नागाबल्र्ड र एर्चिमवीचको खेलको नतिजा कुर्नुपर्नेछ ।
तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ। तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]