default_image

4 years ago

August 3, 2020

लेवान्डोस्कीले नकारेको रियल म्याड्रिडको सम्झौता

35 views

0 Bookmark

एजेन्सी – पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई रियल म्याड्रिडले सन् २०१३ मा अनुबन्ध गर्न चाहेको थियो । त्यसबेला बोरुसिया डर्टमुन्डसँग अनुबन्ध समाप्त भएपछि लेवान्डोस्की आफूले चाहेको क्लबमा जान पाउँथे ।

जर्मन बुन्डेसलिगामा गोल मेसिनको रुपमा चिनिने लेवान्डोस्कीले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुन्डबाट रियलविरुद्ध एक्लैले चार गोल गरेका थिए । त्यसअघि उनी सान्टियागो बर्नवेउमा अनुबन्ध नजिक पुगेको थिए । यहाँसम्म की प्रारम्भिक छलफलमा सकारात्मक रहेपछि रियलले उनीसँग गर्ने सम्झौता कागज पनि तयार पारिसकेको थियो । तर, उनले जर्मन बुन्डेसलिगालाई नै आफ्नो गन्तव्य ठान्दै बायर्न म्युनिखमा आबद्ध भए ।

‘रियल म्याड्रिडको आर्थिक प्रस्ताव राम्रो थियो,’ लेवान्डोस्कीका एजेन्ट सेजरीले अन्तर्वार्तामा भने, ‘मुख्य कुरा उनी त्यहाँ नम्बर एक स्ट्राइकर हुने थिएनन् । उनले रियलमा करिम बेन्जेमाको ब्याकअपको रुपमा जान राम्रो मानेनन् ।’

रियलले तयार पारेकों सम्झौता अनुसार लेवान्डोस्कीले झनै ११ मिलियन युरो रियलसँग सम्झौता गरेवापत तुरुन्त पाउने थिए । यसबाहेक उनले सन् २०२० जुनसम्मका लागि वार्षिक ९ मिलियन युरोको प्रस्ताव समेत राखेको थियो । उक्त सम्झौता अनुसार लेवान्डोस्कीले रियल म्याड्रिडमा अनुबन्ध भएको भए मोटरसाइकल चलाउने, स्की गर्ने, प्याराग्लाइडीङ गर्ने लगायतका साहसिक खेलहरु खेल्न नपाउने उल्लेख गरिएको थियो ।

रियलसँग छलफल चलिरहँदा जर्मन जाइन्ट बायर्नले पनि लेवान्डोस्कीसँग सम्झौतालाई अघि बढाइसकेको थियो । तर, रियल म्याड्रिडविरुद्धको खेलमा चार गोल गरेपछि लेवान्डोस्कीले अझ राम्रो गर्न चाहेको बताएका थिए । त्यतिबेला च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई हराउदै उपाधि जितेको थियो । सेमिफाइनलमा बायर्नले बार्सिलोनालाई तथा डर्टमुन्डले रियल म्याड्रिडको चुनौती पन्छाएको थियो ।

बायर्न जानु दुई साता अघिमात्रै लेवान्डोस्कीले आफ्नो सोच बदल्दै रियलमा जाने योजना बनाएका थिए । ‘यो कुरापछि बायर्न रिसायो । मैले केही अप्रिय शब्दको सामना गरे । क्लबले पनि दवावको प्रतिरोध गर्‍यो । बोर्डलाई विश्वस्त तुल्याउँदै अन्त्यमा थप २५ मिलियन युरोमा सहमति भएपछि उनी बायर्न पुगे,’ एजेन्ट सेजरीले भने ।

उनी फ्रि ट्रान्सफरमा बायर्नमा आवद्ध भएका थिए । सन् २०१० मा पोलिस क्लब लेक पोज्नानबाट डर्टमुन्ड आएका ३१ वर्षीय लेवान्डोस्कीले डर्टमुन्डका लागि १८७ खेलमा १०३ गोल गरे ।

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

Success

Thank you for your time.